सोमबार , अषोज २६, २०८३

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य, पूर्व उपप्रधानमन्त्री तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझीले अहिले देखिएको अन्तरविरोधकै कारण आफ्नो पार्टी कुनैपनि हालतमा नफुट्ने दाबी गर्नु भएको छ ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा बोल्दै नेता रायमाझीले भन्नुभयो, ‘जहाँसम्म नेकपाको अन्तरविरोधको सन्दर्भ र विषयवस्तु छ, पार्टीभित्र सानो होस या ठूलो अन्तरविरोध निरन्तर भैरहन्छन् । यो सर्वमान्य कुरा हो ।

अन्तरविरोध यस्तो चिज हो–जो निरपेक्ष हुन्छ । एकता सापेक्ष हुन्छ । अन्तरविरोध कहिले एकदम उचाईमा पुग्छ । कहिले तल पुग्छ । यसलाई स्वभाविक ठान्नुपर्छ । यो अन्तरविरोधले पार्टी विभाजनतिर पो लैजान्छ कि अथवा के हुन्छ ? भन्नेबारे चर्चा भैरहेको छ । म विश्वास दिलाउन चाहन्छु–पार्टी कुनै हालतमा फुट्दैन् ।’

साक्षात्कारमा उहाँले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको सचिवालयमा पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन केन्द्रीय नेतादेखि तल्लो तह अर्थात् कार्यकर्तासम्म वितरण भैसकेकोले त्यसमा छलफल हुने बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो, ‘अध्यक्ष केपी शर्मा ओलीले पनि अब बस्ने सचिवालय बैठकमा पेश गर्नेगरि प्रतिवेदनको तयारी गर्दै हुनुहुन्छ । सम्पूर्ण विषयवस्तु र एजेण्डालाई केलाएर हेर्दा र अध्ययन गर्दा नेकपा सग्लो रहला कि फुट्ला, सरकार ढल्ला कि के होला भन्ने चर्चा अहिले चलिरहेको छ ।

म दाबाका साथ भन्छु–यही कारणले मात्रै पार्टी विभाजनमा जाँदैन् । किनभने यसका पछि कारण छन् । यतिवेला नेकपा विभाजन भयो भने नेकपामात्रै फुट्दैन, अहिलेसम्म हामीले संघर्षमार्फत प्राप्त गरेका परिवर्तनका एजेण्डा र उपलब्धि नै गुम्ने खतरा छ । यसको ठूलो असर त प्रमुख नेताहरुलाई नै पर्छ ।’

उहाँले अहिले प्राप्त उपलब्धि गुम्दा यसको असर नेकपाका आम नेता÷कार्यकर्ता, शुभचिन्तकलाई मात्रै नभई जनतामा पनि प्रत्यक्ष प्रभाव पर्ने दावी गर्नुभयो ।

उहाँले अगाडि भन्नुभयो, ‘अब पूर्व एमाले वा पूर्व माओवादीतिर फर्कने होईन । हामी एकताको अभियान लिएर हिँड्नुपर्छ । म नेकपाको झण्डा लिएर अघि बढ्न आम नेता तथा कार्यकर्तालाई आह्वान गर्न चाहन्छु ।

अस्वस्थ, अभद्र, अशिष्ट व्यवहार गर्ने होईन, बरु नेताहरुलाई एकताको लागि खबरदारी गर्नुपर्छ । अधिकारको दृष्टिकोणले नेता तथा कार्यकर्ता सबै बराबर हो ।’

उहाँले अध्यक्ष दाहालको प्रतिवेदन सचिवालयमा गैसकेकोले त्यसमा विधिसम्मत रुपमा छलफल हुनुपर्ने धारणा पनि राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP