मंगलबार , बैसाख २९, २०८३

प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धन बहुमतको सरकार गठनको कसरतमा गएराति देखि दौडधूपमा छन् । शिर्ष नेताहरुबीच तारन्तार टेलिफोन वार्ता चलिरहेको छ । प्रत्यक्ष भेटवार्ता पनि भइरहेको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल समूह बढीभन्दा बढी सांसद आफ्नो पक्षमा पार्ने कसरतमा छ । हस्ताक्षर संकलन चलिरहेको छ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह पनि त्यत्तिकै सक्रिय छ । आफ्नो पक्षको १६ सांसद जोगाउन र थप सांसदलाई साथमा लिन लागिपरेको छ ।

काँग्रेस सभापति बुढानिलकण्ठमा बसेर आफ्ना दलका नेताहरुसँग भेटेर अरु दलका नेताहरुसँग पनि बारम्बार सम्पर्कमा रहेर वैकल्पिक सरकार निर्माणमा जुटेका छन् ।

ओलीबाहेकका नेताहरु यति धेरै सक्रिय हुँदा उनी भने ढुक्क छन् । संसदीय अंकगणितमा केन्द्रित भई अरु नेताहरु दौडधूपमा लाग्दा ओलीले सम्पादकहरुलाई डाकेर पत्रकार सम्मेलनमा घन्टौं समय बिताए । उनी कसैले विकल्पमा बहुमतको सरकार गठन गर्न नसक्ने र आफूले नै चुनावमा देशलाई लाने आशयको अभिव्यक्ति दिए ।

ओलीले क्रिकेट खेलको उदाहरण दिदै भने,‘बल क्याच भइसक्यो, रन लिन दौडिएर काम छैन ।’ क्याच भइसकेपछि रन लिन दौडिनुको अर्थ नभएको तर्क गर्दै भने,‘यस्तो दौडाई राजनीतिमा काम लाग्दैन ।’ आफूविरोधी नेताहरुप्रति उनको व्यङ्ग्य थियो ।

धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार निर्माणका लागि २१ घन्टा समय दिएर गरेको आव्हानको समेत ओलीले बचाऊ गरे । उनले बहुमतको सरकार निर्माण गरेर देखाउन चुनौती समेत दिए ।

बहुमतको सरकार गठन हुन नसक्ने र धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधि सभा बिघटनमार्फत् चुनावी सरकारको प्रधानमन्त्री हुनेमा ओली ढुक्क छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP