मंगलबार , बैसाख ९, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीविरोधी गठबन्धन बहुमतको सरकार गठनको कसरतमा गएराति देखि दौडधूपमा छन् । शिर्ष नेताहरुबीच तारन्तार टेलिफोन वार्ता चलिरहेको छ । प्रत्यक्ष भेटवार्ता पनि भइरहेको छ ।

नेकपा एमालेको माधवकुमार नेपाल समूह बढीभन्दा बढी सांसद आफ्नो पक्षमा पार्ने कसरतमा छ । हस्ताक्षर संकलन चलिरहेको छ । जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह पनि त्यत्तिकै सक्रिय छ । आफ्नो पक्षको १६ सांसद जोगाउन र थप सांसदलाई साथमा लिन लागिपरेको छ ।

काँग्रेस सभापति बुढानिलकण्ठमा बसेर आफ्ना दलका नेताहरुसँग भेटेर अरु दलका नेताहरुसँग पनि बारम्बार सम्पर्कमा रहेर वैकल्पिक सरकार निर्माणमा जुटेका छन् ।

ओलीबाहेकका नेताहरु यति धेरै सक्रिय हुँदा उनी भने ढुक्क छन् । संसदीय अंकगणितमा केन्द्रित भई अरु नेताहरु दौडधूपमा लाग्दा ओलीले सम्पादकहरुलाई डाकेर पत्रकार सम्मेलनमा घन्टौं समय बिताए । उनी कसैले विकल्पमा बहुमतको सरकार गठन गर्न नसक्ने र आफूले नै चुनावमा देशलाई लाने आशयको अभिव्यक्ति दिए ।

ओलीले क्रिकेट खेलको उदाहरण दिदै भने,‘बल क्याच भइसक्यो, रन लिन दौडिएर काम छैन ।’ क्याच भइसकेपछि रन लिन दौडिनुको अर्थ नभएको तर्क गर्दै भने,‘यस्तो दौडाई राजनीतिमा काम लाग्दैन ।’ आफूविरोधी नेताहरुप्रति उनको व्यङ्ग्य थियो ।

धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार निर्माणका लागि २१ घन्टा समय दिएर गरेको आव्हानको समेत ओलीले बचाऊ गरे । उनले बहुमतको सरकार निर्माण गरेर देखाउन चुनौती समेत दिए ।

बहुमतको सरकार गठन हुन नसक्ने र धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधि सभा बिघटनमार्फत् चुनावी सरकारको प्रधानमन्त्री हुनेमा ओली ढुक्क छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP