सोमबार , बैसाख २२, २०८२

एनआरएन अस्ट्रेलियाले कोभिडको कहरसँग जुधिरहेको नेपाली जनताको राहतको लागि १ सय थान अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाउने भएको छ।

‘हामीले हिजै चिनको ग्वान्जाओमा नेपाल पठाउनका लागि १ सय थान कन्सन्ट्रेटर किन्ने प्रकृया अगाडि बढाइसकेका छौ, अब नेपाल सरकार र एनआरएन केन्द्रसँंग समन्वय गरेर नेपाल पठाउने तयारीमा जुट्छौ’, एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले सेतोपाटीसँग भने।

नेपालमा कोरोनाको प्रभाव हवात्तै बढेपछि अक्सिजनको अभावमा नागरिकले अकालमै ज्यान गुमाउन नपरोस् भनेर अष्ट्रेलियमा सहयोग संकलन पनि सुरू गरेको कँडेलले बताए।

‘सहयोग संकलन हुँदै गर्दा आवश्यक रहेको सामान भने पठाइहालौं भन्ने सबै साथीभाइको सल्लाह अनुसार करीब एक करोड हाराहारीको लागतमा यो सहयोग नेपाल पठाउने तयारी गरेको अध्यक्ष कँडेलले जानकारी दिए।

हालसम्म एनआरएन अस्ट्रेलियाको यस परोपकारी सहयोग कोषमा लगभग ३७ हजार डलर सहयोग संकलन भइसकेको छ। ‘हामीले नेपाली एक करोडको लक्ष्य राखेका छौ, एनआरएन अस्ट्रेलियाका कोषाध्यक्ष अनिल पोखरेलले भने, ‘अहिलेसम्म करीब ३७ हजार डलर उठिसकेको छ।’

कोभिड उपचारको लागि अत्यन्तै महत्वपूर्ण मानिएको अक्सिजन कन्सन्ट्रेटर अहिलेको प्रमुख आवश्यकता देखिएको छ।

‘मुलुक पीडामा छटपटिएको बेला सबैभन्दा पहिलो मलम लगाउने काम गर्नुपर्छ भन्ने हाम्रो ध्येय हो र यसैकारण सहयोग उठ्दै गर्दा सामाग्री भने नेपाल पठाइहालौं भन्ने निर्णय गरेका हौं’, एनआरएन अस्ट्रेलियाका महासचिव डा. ज्ञानेन्द्र रेग्मीले भने।

यसका लागि एनआरएन केन्द्रीय कार्यालयसँंग समन्वय गरेर अगाडि बढने र छिटोभन्दा छिटो आवश्यक स्थानमा सहयोग पुगोस् भन्ने हेतुका साथ खरीद प्रकृयासमेत अगाडि बढाइएको डा. रेग्मीले बताए।

यस बाहेक अस्ट्रेलियाबाट विभिन्न संघ संस्थाहरुले आ-आफ्नो तवरले स्थानिय निकायसँंग मिलेर सहयोग अगाडि बढाइरहेका छन्। भर्खरै मात्र चितवन समाज अस्ट्रेलियाले जिल्लामा पचास वटा अक्सिजन सिलिन्डर प्रदान गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

डार्विनको नाइटक्लिफमा छुरा प्रहार, एकजनाको मृत्यु

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

पदाधिकारी भएर पनि पार्टीको निर्णय अरु कसैबाट थाहा पाउनु परेको सुमनाको गुनासो, पदको वजन नभएको महशुसपछि राजीनामा


TOP
सोमंबुबिशु