मंगलबार , बैसाख २९, २०८३

डार्विन/अस्ट्रेलिया – युट्युबमा नेपाली फिल्महरु हेर्ने दर्शकको संख्या पातलो थियो । चर्चित अभिनेताका फिल्मबाहेक अरु फिल्मलाई ट्रेन्डिङमा उक्लिन पनि गाह्रो हुन्थ्यो ।

गत चैतदेखि कोरोना भाइरस महामारीका कारण फिल्म हलमा कुनै पनि फिल्म रिलिज भएका छैनन् । डिजिटल प्लेटफर्ममा भने हलमा रिलिज भएका फिल्महरु रिलिज गरिएका छन् ।

केही समयअघि रिलिज भएको अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ ले युट्युबमा हप्तौंसम्म ट्रेन्डिङ नम्बर एकमा बस्न सफल भयो ।
पछिल्लो समय नेपाली फिल्मले युट्युबमा दर्शक तान्न सफल भएका छन् ।

यतिबेला नेपालमा युट्युब ट्रेन्डिङमा एकसाथ चार फिल्म छन् । चार दिनअघि रिलिज भएको फिल्म ‘प्रसाद’ ले नम्बर एक ट्रेन्डिङ ओगटेको छ । विपिन कार्की, निश्चल बस्नेत, नम्रता श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको फिल्ममा अन्तर्जातीय प्रेमकथालाई समेटिएको छ ।

फिल्ममा दिनेश राउतको निर्देशन रहेको छ भने सुशील पौडेलको कथा छ । हलमा रिलिज हुँदा यो फिल्मले समीक्षात्मक हिसाबले पनि राम्रो प्रतिक्रिया पाएको थियो ।

यस्तै युट्युबको ट्रेन्डिङ नम्बर ६ मा भोलाराज सापकोटा, गौरव पहारी, निशा अधिकारी लगायतको अभिनय रहेको फिल्म ‘कुम्भकरण’ छ । फिल्मलाई युट्युब दर्शकले मन परेको प्रतिक्रिया दिएका छन् ।

मेनुका प्रधान, दयाहाङ राई र गौरव पहारीको शीर्ष भूमिका रहेको फिल्म ‘साइँली’ पनि युट्युबमा रुचाइएको छ । रामबाबु गुरुङले निर्देशन गरेको यो फिल्मलाई पनि दर्शकले मन परेको प्रतिक्रिया दिएका छन् ।

फिल्म हलमा कुनै फिल्म रिलिज नभइरहेका बेला दर्शकहरु युट्युबमा नेपाली फिल्मप्रति आकर्षित बनेका छन् । मेकरले दर्शक नेपाली फिल्मप्रति आकर्षित भएको टिप्पणी गर्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

  चैत्र २४, २०८२ मंगलबार 205 Views

दलान कार्यक्रम भव्य रूपमा सम्पन्न

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP