मंगलबार , बैसाख २९, २०८३

९ मंसीर, जनकपुरधाम । महोत्तरीको बर्दिबासमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाएको छ । प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका छन् । मंगलबार बिहान ७ बजेदेखि सुरु भएको प्रदर्शनका कारण यहाँको अवस्था अहिले तनावग्रस्त बनेको छ ।

६ वर्षीया बालिका हत्याको विरोधमा पूर्वपश्चिम राजमार्गस्थित बर्दिबासमा विरोध प्रदर्शनको क्रममा प्रहरीले राजमार्ग खुलाउन चलाएको गोली लागेर तीन जना स्थानीय घाइते भएका हुन् । बालिका हत्याको विरोध गर्दै बालिकाको शव स्थानीयहरुले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमै राखेर प्रदर्शन गर्ने क्रममा स्थितिलाई नियन्त्रणमा लिन र राजमार्ग खुलाउन दर्जनौं राउण्ड अश्रु ग्यास र गोली समेत चलाएको हो ।

घाइते हुनेमा बर्दिवासकै श्याम कार्की, सञ्जय न्यौपाने र नाम खुल्न नसकेका अर्काे एकजना छन् । श्यामको टाउकोमा गोली लागेको छ भने सञ्जयको खुट्टामा गोली लागेको छ । गम्भीर घाइते दुई जनालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ भने एकजनाको बर्दिवासस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

प्रदर्शनकारीले पूर्वपश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले ढुँगामुढा गरेपछि अश्रु ग्यास प्रहार तथा हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ ।

प्रदर्शनलाई नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

बर्दिबास १४ निवासी शहीद आलमकी ६ वर्षीया छोरी गुलाब खातुनको हत्या भएको छ । आइतबार साँझदेखि बेपत्ता भएकी उनको शव सोमबार राति १ बजेतिर घर नजिकैको खाली खेतमा फेला परेको छ ।

बालिकाको हत्याको आरोपमा प्रहरीले गौशाला नगरपालिका ५ घर भई बर्दिबासमा किराना पसल गर्दै आएका अरुणकुमार साहलाई पक्राउ गरेको छ ।

प्रदर्शनकारीले साहको बर्दिवासस्थित घरमा आगजनी समेत गरेका छन् ।

प्रदर्शनकारीले पटक–पटक साहले घट्ना घटाएककाले उनलाई धराौटीमा छुट्न नपाउने गरी आजीवन कैद सजया हुनुपर्ने, उनको घर भत्काएर स्मृति पार्क बनाउनुपर्ने, हरेक घट्नामा उनको अभिभावक पनि संलग्न रहेकाले मतियारको रुपमा उनीहरुलाई पनि सजाय हुनुपर्नेसहितका माग राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP