मंगलबार , अषोज २७, २०८३

काठमाडौँ । बैतडीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । मंगलबार दिउँसो बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जीप दशरथचन्द नगरपालिका१० बुड्डा भन्ने स्थानमा दुर्घटनामा परेको हो । जीप सडकबाट करीब एक सय मिटर तल खसेको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेमा सुर्नया गाउँपालिकाका ७५ वर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिकाका ७५ वर्षीय भगीरथ पाण्डेय, सोही नगरपालिकाका ७० वर्षीया पार्वतीदेवी चन्द, ७२ वर्षीया अर्की पार्वतीदेवी चन्द, र ५८ वर्षीय कृष्णलाल लावड रहेका छन् ।

घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ । तीव्र गतिमा रहेको जीप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । फरार चालकको खोजी भइरहेको र घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP