शुक्रबार , भाद्र १२, २०८३

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कोरोना संक्रमणमुक्त भएकाहरुले प्लाजमा संकलनको लागि रक्तदान गरेका छन् । मंगलबार नगरपालिकामा आयोजना गरिएको सो कार्यक्रममा २४ जनाले प्लाजमा दान गरेको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।

जटिल प्रकारका संक्रमितको संख्या बढिरहेकाले उनीहरुको प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्ने भएकाले रक्तदानका लागि आयोजना गरिएको प्रवक्ता श्रीले बताए ।

कोरोनाभाइरस संक्रमित केही व्यक्ति उक्त विधिबाट उपचार गराई निको भएपछि यो विधिबाट उपचार गर्न देशका विभिन्न अस्पताललाई सरकारले अनुमती दिएको छ । निको भएकाहरूको रगतको प्लाज्मामा भाइरसविरुद्ध बनेका एन्टिबडीलाई अरू बिरामीमा प्रयोग गरिने चिकित्सकहरु बताउँछन् ।

नगरपालिकामा हालसम्म कोरोना संक्रमणबाट २२ जनाले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP