शुक्रबार , बैसाख ५, २०८२

सबिन बराल / डार्विन 

२०१२ देखि हरेक प्रकारको भिसा सम्बन्धी सेवा र शुबिधा दिदै आएको एक परिचित नाम हो  केबिए ग्लोबल। 

अस्ट्रेलियाको डार्विनमा मुख्य कार्यलय रहेको यस सस्थाको हाल सम्म अस्ट्रेलिया भित्र ६, नेपालमा ५ र फिलिपिन्समा १ गरि १२ ओटा शाखा रहेको छ।  हालसालै IHBC Darwin ले आफ्ना सयौ एजेन्ट मध्य बाट सबै भन्दा धेरै बिद्यार्थी भर्ना गराउन सफल भएकोले केबिए ग्लोबललाइ उत्कृस्ट कार्यको मुल्यांकन गर्दै मायाको चिनो प्रदान गरेको छ।  यो सफलताको सम्पूर्ण श्रेय आफ्नो टिमलाई दिदै निर्देशक शम्भु कंडेलले सबैलाई बधाई संगै शुभकामना व्यक्त गर्नु भयो। उनले रिजनल माईग्रेसनको क्षेत्रमा आफुलाई प्रमाणित गरिसकेका छन् ।

 

माईग्रेसन, फेमिली र प्रोपर्टी सम्बन्धी समस्याको कानूनी समाधान : केबिए लिगल 

पछिल्लो समयमा केबीए लिगलले आफ्नो सेवाग्राहीहरुलाई छुट्टै अनुभवका साथ कानूनी सहायता पनि उपलब्ध गराउने जनाएको छ । प्रोपर्टी, फेमिली र माईग्रेसन सम्बन्धी समस्याहरुमा कानूनी सहायताका लागि सदैव तयार रहेको र आफुहरुको सेवा सहजै प्राप्त गर्न सकिने, सर्वसुलभ र छिटो हुने कम्पनीले जनाएको छ । साथै उसले प्रविधिको प्रयोगमार्फत ईडकुमेन्टसको अवधारणामा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

कम्पनीको निर्देशक तथा प्रिन्सिपल सोलिसिटर डेभिड स्केपीभ्की अनुभवी कानून व्यवसायी हुन् । उनी समस्याहरुको गहिरो अध्ययनका साथ अष्ट्रेलियामा तीस वर्षको अनुभव संगालेका कानून व्यवसायी हुन् । संयोजनकारी भूमिकामा रहेका कम्पनीका अर्का निर्देशक शम्भु कँडेल सफल व्यवसायीको परिचय बनाएका नेपाली हुन् ।

यस्तै पार्टनर सोलिसिटरको रुपमा क्लाउडिया स्काफले पनि केबीए लिगलको टिममा आबद्धता जनाएकी छिन् । उनी मुख्यत फेमिली ल, प्रोपर्टी लका विषयमा आफ्नो सेवा केन्द्रित गर्दछिन् ।

केबीए लिगलका निर्देशक शम्भु कँडेलले कुनैपनि कानूनी सहायताका लागि आफुहरु सदैव तत्पर रहेको जानकारी दिए ।
केबीए लिगलको सेवा अष्ट्रेलियाभरि प्राप्त गर्न सकिनेछ । अहिलेलाई कार्यालय भने सिड्नी र डार्विनमा सञ्चालित छ । केबीए लिगलको वेसाईट मा गएर निःशुल्क प्रारम्भिक परामर्श प्राप्त गर्न सकिने पनि कम्पनीले जनाएको छ ।

News And Pic source: MNTVOnline

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP