मंगलबार , बैसाख २९, २०८३

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थायिन नेपाली समुदायको सहकार्यमा मे २९, २०२१ को दिन डार्विन शहरको वाटर फ्रन्ट मा हुन गहिरहेको नेपाल फेस्टिबल २०२१ को लागि कार्य बिभाजन सम्पन्न गरिएको छ।

NRNA- NT का बर्तमान कोडिनेटर हेम पुन को अध्यक्षतामा क्रमिक रुपमा गरिने अन्तरक्रिया कार्यक्रम अन्तर्गत पहिलो चरणको कार्य बिभाजन गरिएको थियो।  स्वंयमसेवकको लागि आबेदन फारम भरि आफ्नो इच्छा प्रस्तुत गरेका मध्यबाट कार्य क्षमता हेरी हरेकलाई जिम्मेवारी बाडफाड गरिएको छ।

महोत्सवको मुख्य आकार्षण नेपाल हाउस हुने छ । “९ वटा सेक्सन रहेको नेपाल हाउस एक मिनि नेपाल हुँनेछ । जहाँ नेपालको परम्परा, चाडपर्व, धर्म, सँस्कृति, नेपाली भाषाको लिपि देखि बाजा र हस्तकलाका समानहरु देख्न सकिन्छ ।” जसको ब्यवस्थापनको लागि टिम लिडर सहित केहि स्वंयमसेवक खटाइने छ।

कसलाई के जिम्मेवारी दियिएको भन्ने बारे अन्तरिक छलफल भए पनि अब आउने अन्तरक्रियामा मात्र प्रेस रिलिज गरिने जानकारी कार्यक्रम संयोजक भैरब योगीले दिनु भयो।

अन्तरक्रिया कार्यक्रममा आफ्ना विचार राख्नेमा निरज गुरुङ्ग, परेश घिमिरे, सबिन बराल, शुभाष पोख्रेल, संजिव ढकाल, राजिब थापा, फिरोज राना, युबराज पन्त, नबिन वाग्ले, बिष्णु चापागाई, सुनिल चापागाई, सिकू, श्रीकृष्ण कंडेल हुनु हुन्थियो।

कार्यक्रममा कसलाई कुन जिम्मेवारी दिइएको भन्ने बारे जानकारी दिदै बाबुराम भट्टराईले कुनै पनि हालतमा कार्यक्रम सफल गराउन लागि परेको र आवश्यक परे जति स्वंयमसेवक परिचालन गर्न गृहकार्य सुरु भइसकेको जानकारी दिनु भयो।

NRNA-NT ट्रेजर लक्ष्मन अर्याल ले नेपाल फेस्टिभल २०२१ को लागि सबै आम्दानी र सम्भावित खर्च को जानकारी दिनु भएको थियो। सचिब आशिस भुसालले अब समय निकै थोरै भएकोले पनि पाएको जिम्मेवारीलाई छिटो भन्दा छिटो सम्पन्न गर्न तर्फ लाग्न पर्नेमा जोड दिदै आउदा अन्तरक्रिया कार्यक्रममा सके र मिलेसम्म सबै उपस्थित हुन आग्रह गर्नु भयो।    

नर्दन टेरोट्री राज्य सरकार र वाटर फ्रन्टको बिशेष सहयोगमा, KBA GLOBAL , AKRON र Sydney city College of Management को प्रयोजनमा नेपाल फेस्टिभल २०२१ हुन लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP