मंगलबार , असार २३, २०८३

सबिन बराल/ डार्विन,

गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थायिन नेपाली समुदायको सहकार्यमा मे २९ २०२१ को दिन डार्विन शहरको वाटर फ्रन्ट मा हुन गहिरहेको नेपाल फेस्टिबल २०२१ को प्रमोसनको लागि शनिबार Casuarinasquare सपिङ्ग सेन्टर भित्र रहेको फुड कोर्टमा एक सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। उक्त कार्यक्रम दिउसो १२ बजे देखि १२:३० सम्म चलेको थियो। ३० मिनेटको कार्येक्रममा छ जनालेनेपाली कला सस्कृति झल्काउने खालको नृत्य प्रदशन गरेका थिए।

प्रस्तुति दिनेमा अनुस्का महर्जनले नेवारी नृत्य, कल्पना पाण्डेयले झ्याउरे नृत्य, कृषा पौडेल, अञ्जना गिरि, सुजाता घिमिरे र आर्या एसीले बिभिन्न नेपाली गीतमा आफ्नो कला प्रदशन  गरेका थिए ।

कार्यक्रम गर्नको लागि स्थानको ब्वस्था गरेकोमा Casuarinasquare सपिङ्ग सेन्टर लाइ धेरै धेरै धन्यबाद दिदै NRNA-NT उपाध्यक्ष साथै नेपाल फेस्टिभलका इभेन्ट कोडीनेटर भैरब योगीले कार्यक्रम संचालन गर्दै उपस्थीत सबै वर्ग र समुदयका व्यक्ति हरुलाई मे २९ मा हुन गहिरकेको फेस्टिबलमा आफ्नो उपस्थिति जनाउन आग्रह साथै निम्तो दिनु भएको थियो । उपस्थित सबै दर्शकले प्रस्तुतिको तारिफ गरेका थिए भने कार्यक्रम प्रति एकदम सकारात्मक प्रतिक्रिया दिएका थिए।

नर्दन टेरोट्री राज्य सरकार र वाटर फ्रन्टको बिशेष सहयोगमा, AKRONSydney city College of Management को प्रयोजन(Mt.Everest) र  KBA GLOBAL को सह – प्रयोजनमा (Mt.Kanchanjunga) नेपाल फेस्टिभल २०२१ हुन लागेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जुन १३ मा हुँदै ‘नेपाल महोत्सव २०२६’, मे ३० मा सामुदायिक परामर्श कार्यक्रम

SAFF फुटसलमा उत्कृष्ट प्रदर्शन गर्ने राष्ट्रिय खेलाडीलाई नगदसहित सम्मान

नेपाल महोत्सव २०२६ सम्बन्धी सामुदायिक परामर्श कार्यक्रम सम्पन्न

१० हजारभन्दा बढीको सहभागितासहित डार्विनमा भव्य रूपमा सम्पन्न भयो नेपाल फेस्टिभल २०२६

आजको राशिफल वि.सं. २०८३ ज्येष्ठ १५ गते शुक्रवार: श्रीदेवकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

१० हजार दर्शकको लक्ष्यसहित डार्विनमा नेपाल फेष्टिभल


TOP