सोमबार , अषोज २६, २०८३

यी ८ जनाको ज्यान गयो:माथिल्लो लहरमा बायाँबाट अनिता निरौला, विनिता तामाङ, कृतिका कँडेल, राजु नेपाल र, तल्लो लाइनमा रायन कँडेल, शेरबहादुर गुरुङ, सुरेखा कँडेल, युवराज कँडेल

हङकङमा गत आइतबार राति भएको आगलागीमा परेर गम्भीर घाइते भएकी १८ वर्षीया सुरेखा कँडेलको शुक्रबार साँझ निधन भएको छ।

हङकङको जोर्डनस्थित नेपाली रेष्टुरेन्टमा गत आइतबार राति भएको आगलागीमा ज्यान गुमाउने सुरेखा आठौं नेपाली हुन्।

आगलागीमा परेका ३८ वर्षीय युवराज कँडेल, १३ वर्षीया कृतिका कँडेल, ३५ वर्षीय राज बाबु नेपाल, ९ वर्षीय रायन नेपाल, ३२ वर्षीया अनिता निरौला, ३९ वर्षीय शेरबहादुर गुरुङ र ४० वर्षीया विनिता तामाङको त्यहि रात ज्यान गएको थियो।

आगलागीमा परेर ११ जना घाइते भएका थिए। आगलागीमा परेर गम्भीर घाइते भएकी सुरेखाको उपचार जोर्डनकै क्वीन एलिजावेथ अस्पतालमा भइरहेको थियो। घटना भएको पाँच दिनपछि शुक्रबार साँझ उनको निधन भएको हो।

सुरेखाको मृत्युसँगै यो घटनामा एउटै परिवारबाट ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। तीन वर्षीय छोराको जन्मदिन मनाउन भेला भएका बागलुङका युवराज कँडेलको परिवारका उनीसहित उनकी छोरी कृतिका, ज्वाइँ राजबाबु नेपाल र भान्जा रायन नेपालको त्यहि राति ज्यान गएको थियो।

सुरेखा युवराजका भाइ कृष्णबहादुर कँडेलकी छोरी हुन्। गम्भीर अवस्थामै रहेका कृष्णबहादुर कँडेल र उनकी श्रमति देविका कँडेलको पनि क्वीन एलिजावेथ अस्पतालमै उपचार भइरहेको छ भने १३ वर्षीय छोरा सालिग्राम कँडेल चाइ वान अस्पतालमा उपचाररत छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 242 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP