सोमबार , अषोज २६, २०८३

चिरन बराल

दाङ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता हुनु र फुट्नु सृष्टिको नियम भएको बताए । शनिबार दाङको तुलसीपुरमा भएको पार्टीका नेता तथा कार्यकर्तासँगको भेटमा उनले पछिल्लो समय पार्टी भित्र देखिएका समस्याको विषयमा बोल्दै पार्टी एकता भएपछि फुट्न पनि सक्ने बताए । आफु सधै पार्टी एकताको पक्षमा भएको भन्दै उपाध्यक्ष गौतमलले एकतापछि फुट्नु र जन्मेपछि मर्नु सृष्टिको नियम भएको बताए ।

पार्टी एकता, समृद्ध नेपालदेखि समाजवादको परिकल्पाना आफ्नो सपना भएको बताउदै उनले ६३ सालदेखि पार्टी एकीकरणको पक्षमा रहँदै आएकाले जुटेको पार्टीलाई फुट्न नदिने पक्षमा दरोका साथ मिलाउने पक्षमा रहेको समेत बताए । त्यस्तै आफुले अहिलेसम्म कुनै गुटवन्दी नगरेको दाबी गदैै सबै यतिबेला पार्टी एकताको पक्षमा हुनुपर्ने समेत बताए ।

उपाध्यक्ष गौतम दाङको हापुरमा आफन्तको घरमा व्यक्तिगत भेट्घाटका लागि दाङ आएका हुन् । सो अवसरमा नेकपा दाङका अध्यक्ष टीकाराम खड्काले दाङका सबै नेता र कार्यकर्ता पार्टी एकताको पक्षमा भएकाले एकताको पक्षमा गम्भिरताका साथ लाग्नु आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP