शुक्रबार , बैसाख ५, २०८२

डार्बिन । अस्ट्रेलियाको डार्बिन शहरमा आउदो मे २९ शनिवार नेपाल फेष्टिभल २०२१ हुने भएको छ । गैर आवासीय नेपाली संघ अस्ट्रेलिया, नर्दन टेरिटोरी राज्य संयोजन समितिको आयोजना र स्थायिन नेपाली समुदायको सहकार्यमा यो फेष्टिभल हुन लागेको हो ।

एन आर एन ए उपाध्यक्ष एवं एनटी संयोजक हेम पुनले बताए अनुसार डार्बिन शहरको प्रमुख पर्यटकिय क्षेत्र ‘वाटर फन्ट’मा शनिबार ३ बजे देखि राति १० बजे सम्म यो फेटिभल चल्ने छ।

नेपाल हाउस, भर्च्युल नेपाल टुर, साँस्कृतिक झाँकी र खानाका परिकारहरु
संयोजक हेम पुनका अनुसार महोत्सवको मुख्य आकार्षण नेपाल हाउस हुने छ । पुन भन्छन् , “९ वटा सेक्सन रहेको नेपाल हाउस एक मिनि नेपाल हुँनेछ । जहाँ नेपालको परम्परा, चाडपर्व, धर्म, सँस्कृति, नेपाली भाषाको लिपि देखि बाजा र हस्तकलाका समानहरु देख्न सकिन्छ ।”

महोत्सबमा भर्च्युल नेपाल टुर, फोटो बुथ र बालबालिकाहरुको लागि फेस पेन्टिङको पनि ब्यवस्था गरिएको छ । कार्यक्रममा स्थानिय कलाकारहरुले दर्जनौ प्रस्तुतिदिने बताईएको छ । गायन, नृत्य र पूर्व मेची देखि पश्र्चिम महाकली र हिमाल तराई सम्मका कला सँस्कृति र भोषभुशा झल्कने कल्चरल परेड पनि स्टेजमा देख्न सकिने छ ।

महोत्सवमा खानका र ब्यवसायिक स्टलहरु रहने छन् । १० देखि २० हजार सम्म दर्शकहरु महोत्सभा सहभागि हुने अनुमान गरिएको पुनले बताए ।

कोराना महामारिको प्रकोपलाई कुशल ब्यवस्थापन गरेको नर्दन टेरिटोरिमा जनजीवन प्रय सामन्य भएको छ । नेपाल फेष्टिभलमा सहभागि हुन ४० भन्दा बढी अतिथीहरुलाई निमान्त्राण गरिएको छ । राज्यका मुख्य मन्त्री माइकल गनर, संघिय साम्सद लुक गोस्लिङ, बहुसास्कृतिक मन्त्री, डार्बिन सहरका मेयर लगाएत बिभिन्न राज्यहरुमा रहेका एन आर एन ए अभिन्यान्ताहरुलाई निमन्त्रणा गरिएको छ ।

नर्दन टेरोट्री राज्य सरकारको बिशेष सहयोग, मुख्य प्रायोजक AKRON र Sydney city College of Management र सह प्रयोजन KBA GLOBAL ले गरेको छ।

@nepaleseaustralian बाट साभार

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP