शनिबार , भाद्र १३, २०८३

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पक्षधर २८ सांसद प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिदा अनुपस्थित भएर शक्ति प्रदर्शन गरेका छन् । उनीनिकट सांसदहरुले अझै राजीनामा नदिएर ओलीलाई हटाएर बहुमतको सत्ता समिकरणको सुनिश्चिततालाई कमजोर पारिदिएका छन् ।

विश्वस्त स्रोतका अनुसार नेपालनिकट सांसदहरुको राजीनामाको शर्त समेत प्रस्तुत भएको छ । माधव नेपालले राजीनामा दिनुअघि उपनिर्वाचनमा आफ्ना २० प्रत्यक्ष निर्वाचित सांसदको जीतको सुनिश्चितता गर्ने देखि चुनावी सरकारको नेतृत्व आफूले गर्नुपर्ने शर्त सारेका छन् ।

देउवा एक वर्ष प्रधानमन्त्री बन्ने र त्यसपछि अर्को वर्षको मंसिरमा हुने चुनाव माधव नेपाल नेतृत्वको सरकारले गर्ने गरी सहमति बनेमा मात्र राजीनामा दिने नेपालको शर्त देखिएको हो । ओलीको बर्हिगमनका लागि नेपाल समूहका २० जना प्रत्यक्षतर्फ निर्वाचित सांसदहरुको राजीनामा अनिवार्य भएको छ ।

जनता समाजवादी पार्टी सत्ता समिकरणमा विभाजित अवस्थामा छ । उपेन्द्र यादव समिकरणको पक्षमा छन् । महन्थ ठाकुर विपक्षमा उभिएका छन् । यसले सत्ता राजनीतिलाई रोचक मोडमा पुर्याउँदा नेपालले पनि शर्त सारेको बुझिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP