मंगलबार , बैसाख ९, २०८२

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पाटी जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपाले एकतावद्ध भएर राष्ट्रिय भुमिका निभाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्ना धारणा राख्दै डा. भट्टराईले वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्ने बताएका हुन् । भट्टराईले लोकतन्त्रको रक्षा गर्न र कोरोना लगायतका समस्या समाधान गर्न सबै संकीर्ण दलीय गुटीय सोचभन्दा माथि उठ्नुपर्ने धारणा राखेका छन् ।

जसपाकै एक अध्यक्ष महन्थ ठाकुरले मध्यरातमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै साथ दिने आशयले वक्तव्य जारी गरेपछि संघीय परिषद् अध्यक्ष भट्टराईको प्रतिक्रिया आएको छ । भट्टराईले बल दलहरुको कोर्टमा आएको उल्लेख गरेका छन् ।

भट्टराई र जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीलाई सत्ताबाट विस्थापन गरेर नयाँ सरकार बनाउनुपर्ने धारणा राख्दै आएका छन् ।

भट्टराईले भनेका छन्, ‘अब बल दलहरूको कोर्टमा आएको छ।प्रश्न एक थान सरकारको मात्र हैनसमुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो।त्यसनिम्ति सबै संकीर्ण दलीयरगुटीय सोचभन्दामाथि उठ्नैपर्छ।वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP