आइतबार , बैसाख ७, २०८२

प्रहरीले विभिन्न ठाउँबाट ३७० थान अक्सिजन सिलिण्डर संकलन गरेको छ।

चितवन जिल्ला भित्रबाट ११३ र बाहिरबाट २५६ थान सिलिण्डर संकलन गरिएको जिल्ला प्रहीका प्रबक्ता डिएसपी सरोज गिरीले बताए।

उनकाअनुसार जिल्ला भित्र वैशाख २७ गते खैरहनी, टाँडी, भण्डारा, गीतानगर र दिव्यनगरस्थित ईलाका प्रहरी कार्यालयहरुले ९६ वटा सिलिण्डर संकलन गरेका थिए।

ती सिलिण्डर ८ वटा खाली र ८८ वटा अक्सिजन भरिएका थिए।

त्यस्तै २६ गते जिल्ला प्रहरी, वडा प्रहरी नारायणगढ र प्रहरी चौकी बसपार्कले १७ वटा सिलिण्डर संकलन गरेका थिए।

डिएसपी गिरीले वीरगञ्बाट १७० र भैरहवाबाट ८७ थान सिलिण्डर पनि संकलन गरिएको बताए। अन्य चितवनबाट जिल्लामा लगेर होल्ड भएका सिलिण्डर जिल्ला प्रशासन कार्यालयको समन्वयमा प्रहरीले फिर्ता ल्याएको डिएसपी गिरीले बताए।

उनले चितवन र अन्य जिल्लामा अधिकांश सिलिण्डर ग्रील उद्योग तथा कलकारखानामा स्टक राखिएको अवस्थामा भेटिएपछि संकलन गरेर ल्याइएको बताए।

‘व्यक्तिले लगेका सिलिण्डर कतिपय आफै फिर्ता पनि गर्नुभएको छ। हामी आफै गएर ल्याएको कम छ,’ उनले भने, ‘घरमा स्टक राखिएको भेटिए त्यस्ता सिलिण्डर पनि फिर्ता गर्छौं।’

संकलन गरिएका मध्ये ३१९ वटा सिलिण्डरहरु रामनगरस्थित स्वर्गद्वारी अक्सिजन ग्याँस उद्योगमा राखिएको छ। अन्य सिलिण्डर प्रहरी कार्यालयले राखेको छ।

कोरोना भाइरसको महामारी बढ्दै जाँदा देशभर अक्सिजनको अभाव छ। चितवनमा ठूला अस्पतालका आफ्नै प्लन्ट र एउटा उद्योग रहेपनि अक्सिजन भर्ने सिलिण्डरको अभाव देखिँदै आएको थियो।

केही दिन अघिमात्रै जिल्ला कोभिड १९ व्यवस्थापन समितिले उद्योगी तथा व्यक्तिगतरुपमा सिलिण्डर होल्ड गर्नेहरुलाई फिर्ता गर्न निर्देशन दिँदै नदिए प्रहरी परिचालन गर्ने निर्णय गरेको थियो।

चितवनमा सप्लायर्सबाट बिक्री हुने अक्सिजनको ५० प्रतिशत हिस्सा उद्योग, कलकारखानामा जाने गरेको थियो।

महामारी बढेसँगै कलकारखाना बन्दै गरेर भएपनि अस्पतालमा अक्सिजन अभाव हुन नदिने गरी प्रशासन लागेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP