मंगलबार , बैसाख २९, २०८३

अस्ट्रेलियाबाट प्रकाशित हुने एक राष्ट्रिय दैनिकले भगवान श्री गणेशको टाउकोमा घन हानेको कार्टुन छापेपछि अस्ट्रेलियामा रहेका हिन्दू समाजले आक्रोश व्यक्त गरेको छ।

डेली टेलिग्राफको अष्ट्रेलिया संस्करणमा भारतमा रहेका आफ्ना नागरिकलाई अस्ट्रेलिया प्रवेशमा रोक लागेको विषयमा लेखिएको लेखमा सो गणेश भगवानमाथि घन बजारेको कार्टुन हालिएको थियो।

यस्तो कार्यले हिन्दूहरूको आस्थामाथि प्रहार गरेको भन्दै यस विरुद्ध हस्ताक्षरसमेत संकलन सुरू गरिएको छ। शनिबारसम्म १६ हजार मानिसले पत्रिकाले यस विषयमा क्षमा याचना गर्नुपर्ने र आगामी दिनमा यस्तो धार्मिक आस्थामा ठोस पुग्ने काम नगर्ने अभियानमा हस्ताक्षर गरिसकेका छन्।

अष्ट्रेलिया बहुसांस्कृतिक देश भएको र यहाँ कसैले पनि एक अर्काको आस्था र धर्ममाथि प्रहार गर्नु गलत भएको नेपाली हिन्दु समाज अस्ट्रेलियाका कोषाध्यक्ष पण्डित प्रकाश ढोडारीले बताए। ‘यस्ता खाले भगवानको तस्बीरलाई गलत ढंगले ब्याख्या गरेर कार्टुन प्रकाशित गर्दा हाम्रो समाजलाई अपहेलना गरेको ठहर्छ, तसर्थ यस्ता कार्यहरु यहाँंका संचार माध्यमले बन्द गर्नुपर्छ’, ढोडारीले भने।

हिन्दु धर्म र यस सम्वन्धी ज्ञानको अभावमा यस किसिमको गतिविधि भएको हुनसक्छ। यस्ता विषयमा अष्ट्रेलियाको प्रेस काउन्सिललाई ध्यानाकर्षण गराउँदै आगामी दिनमा यस किसिमको लेखहरु र कार्टुन प्रकाशित नहुने वातावरण बनाउन हिन्दु समाज अस्ट्रेलियाले आग्रह समेत गरेको छ।

लेखमा भारतीय मूलका अष्ट्रेलियन नागरिकलाई अष्ट्रेलिया आउनबाट सरकारले लगाएको प्रतिबन्धका बारेमा कडा टिप्पणी गरिएको छ। ‘लेख समसामयिक रहे पनि त्यसमा चित्रण गरिएको कार्टुनले भने कता कता हाम्रा देवताप्रतीको अपमान गरिएको हो कि भन्ने भान परेको छ, तर यो नबुझेर र नजानेर गरिएको पनि हुनसक्छ, यस्ता बिषयमा हामीले अहिले सचेत गरायौं भने भोलिका दिनमा नदोहरीन सक्छन्’, एनआरएनका महासचिव डा ज्ञानेन्द्र रेग्मीले बताए।

@Setopati

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP