शुक्रबार , भाद्र १२, २०८३

अमेरिकामा हालसम्म १२ देखि १५ वर्षका बालबालिकालाई पनि कोभिड भ्याक्सिन दिन सकिनेछ ।

न्यूज एजेन्सी रोयटर्सको खबरका अनुसार यो अभियान दुई दिनपछि अर्थात् १३ मेदेखि हुने बताइएको छ ।

अमेरिकी नियामकले फाइजर–बायोएनटेकको कोभिड–१९ भ्याक्सिनलाई किशोर (१२–१५) वर्षमा प्रयोगका लागि आपतकालीन मञ्जुरी दिएको छ ।

यो पहिलो भ्याक्सिन हो जुन १२ वर्षदेखि १५ वर्षका बच्चालाई दिइँदैछ । यो उमेरका बालबालिकालाई दिन लागिएको खोपलाई एउटा ठूलो कदमको रुपमा हेरिएको छ जसका कारण सायद उनीहरुको भोलिको जीवन सामान्य हुन सकोस् र उनीहरु पुनः विद्यालय जान सकून् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले राज्यसँग उनीहरुले आफ्ना युवा किशोरलाई छिटोभन्दा छिटो भ्याक्सिन उपलब्ध गराउन भनेका छन् ।

उनले भने, ‘यदि तपाईं एक अभिभावक हुनुहुन्छ, आमाबुवा हुनुहुन्छ जो आफ्नो बच्चालाई सुरक्षित राख्न चाहनुहुन्छ वा आफैं त्यस्तो बालबालिका हुनुहुन्छ जो भ्याक्सिन लगाउन इच्छुक हुनुहुन्छ भने आजको यो निर्णय निकै आशालाग्दो र महत्वपूर्ण छ ।’

अमेरिकामा १६ वर्षका किशोर–किशोरीका लागि आपतकालीन स्थितिका लागि पनि खोप उपलब्ध छ ।

अमेरिकी खाद्य एवं औषधि प्रशासन केन्द्रले जैविक मूल्यांकन एवं अनुसन्धानका निर्देशक पिटर मार्क्सले पत्रकार सम्मेलनमा कोरोनाभाइरसको संक्रमण रोक्न र त्यसको रोकथामका लागि अमेरिकी केन्द्रको एक सल्लाहकार समितिलाई सल्लाह र निर्देशनपछि राज्य आफ्नो यहाँ बच्चालाई भ्याक्सिन लगाउन सक्छ । जुन १२ मे देखि जारी गरिनेछ ।

जुन बच्चामा कोरोना संक्रमण छ उनीहरुमा धेरैजसो हल्का लक्षण नै देखिन्छ । अथवा, उनीहरुमा कुनै लक्षण नै देखिँदैन । यद्यपि, उनीहरु गम्भीर रुपमा बिरामी हुनै सक्दैनन् भन्ने पनि होइन । उनीहरुले भाइरस फैलाउन पनि सक्छन् ।

अमेरिकी खाद्य र औषधी प्रशासन (एफडीए) का आयुक्त डा. जेनेट वुडककले यो कदमले आफूलाई सामान्य स्थितिमा फर्कन र महामारीलाई समाप्त गर्नमा मद्दतगार साबित हुने बताए ।

अमेरिकामा हालसम्म करिब २६० मिलियन डोज दिइसकिएको छ तर अब यसको माग कम भइरहेको छ ।

वुडककले आफ्नो बयानमा भने, ‘हामी आमा–बुवा र अभिभावकलाई यो आश्वासन दिन सक्छौं कि एजेन्सीले सबै उपलब्ध आँकडाको समीक्षा गरेको छ ।’

सोमबार यसको सफल परीक्षणको घोषणाका साथै १२ वर्षदेखि १५ वर्षका किशोर–किशोरीमा फाइजरको आपतकालीन प्रयोगको मञ्जुरी दिएको छ ।

यो निर्णय क्लिनिकल ट्रायलको सफल नतिजा आएपछि लिइएको हो । यसमा भ्याक्सिनको २२६० बालबालिकामाथि ट्रायल गरियो । उनीहरुको उमेर १२ देखि १५ वर्ष थियो ।

बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

  साउन ७, २०८३ बिहिबार 126 Views

होर्मुज तनावसँगै तेल बजार प्रभावित

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP