शुक्रबार , भाद्र १२, २०८३

अघिल्लो हप्ता दुई स्थानीयलाई कोरोना संक्रमण भेटिएपछि अष्ट्रेलियाको सिड्नीमा लगाइएको केही प्रतिबन्ध एक हप्ता बढाइएको छ । शुक्रबारदेखि लागू हुने गरी मे १७ सम्मका लागि प्रतिबन्ध बढाइएको हो ।

सिड्नीको पूर्वी बस्तीका दुई जनामा गत बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि ग्रेटर सिड्नी, सेन्ट्रल कोस्ट, वोलोङगन र ब्ल्युमाउन्टेनमा प्रतिबन्ध जारी गरिएको हो ।

एक पुरुष र एक महिलामा देखिएको कोरोना संक्रमणको स्रोत पत्ता नलागेको र उनीहरुले यात्रा र भेटघाट गरेका स्थानहरुमा संक्रमण हुन सक्ने आशंकामा थप एक हप्ता प्रतिबन्धका नियम लगाइएको स्थानीय मिडियाहरुले जनाएका छन् ।

सरकारले जारी गरेको सूचनामा गत शुक्रबार साँझ ५ बजेदेखि आइतबार मध्यरातसम्म लागू गरिएका सबै प्रतिबन्ध सोमबार बिहान १२ बजेदेखि अर्को हप्ता सोमबारसम्म बढाएको जनाइएको छ ।

प्रतिबन्धहरुमा सुपरमार्केट, सार्वजनिक यातायात र स्थलहरुमा मास्क लगाउनु अनिवार्य गरिएको छ । घरमा २० जनाभन्दा बढी जमघट गर्न रोक लगाइएको छ । साथै सांगीतिक कार्यक्रम गर्न पनि रोक लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP