मंगलबार , बैसाख २९, २०८३

नेकपा एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन २४ घण्टे साँझसम्मको डेडलाइन दिएको छ । नभए यो समूहका सांसदहरुले सामूहिक राजीनामा दिनेछन् ।

शनिवार साँझ सकिएको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पर्खने सहमति गरेको हो । ‘२ जेठ २०७५ मा केपी ओली फर्कन तयार नभए राजीनामा दिन तयार भएका छौं । तर भोलि साँझसम्म कुर्छौ’, एक सांसदले भने ।

उनका अनुसार ओली अडानमै रहिरहेमा आइतबार साँझ वा सोमबार विहानसम्म सांसदहरुले राजीनामा दिनेछन् । राजीनामा दिन सांसदहरुले प्रतिबद्धता नै जनाएका छन् । ‘सांसदको राजीनामा व्यक्तिगत रुपमा बुझाउनुपर्छ, तर हामी सवै सांसद राजीनामा दिन तयार भएका छौं’, ती सांसदले भने ।

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका निम्ति २७ वैशाखमा संसद्को विशेष अधिवेशन बोलाइएको छ । तर अहिलेकै अवस्थामा प्रधानमन्त्री ओलीलाई माधव नेपाल समूहका सांसदहरुले विश्वासको मत नदिने भएका छन् । ‘विश्वासको मत लिएपछि कारबाही अगाडि बढाउने योजनामा केपी ओली लाग्नु भएको छ । वार्ता पनि हामीलाई अल्मल्याउनकै निम्ति हुुँदैछ भन्ने सामुहिक निष्कर्ष हो’, बैठकमा सहभागी अर्का सांसदले भने ।

तर भोलि (आइतबार) पनि ओली पक्षसँग वार्तामा बस्न नेपाल समूहका नेताहरु तयार भएका छन् । बैठकमा नेताहरुले ओली पक्षका नेताहरुसँग वार्तामा गरिएको अडान र छलफलबारे सांसदहरुलाई ब्रिफिङ गरिएको थियो ।

अध्यक्ष ओली २ जेठको एमाले पार्टी संरचना, विधान र नेतृत्वमा फर्कन नचाहेको वार्तामा सहभागी नेताहरुको ब्रिफिङ थियो । २८ फागुन यता गरिएका निर्णय खारेज गर्दै अदालतको फैसला अनुसार एमालेको बैठक बसेर मात्रै अगाडि बढ्न सकिने अडानबाट पछि नहट्ने निर्र्णय पनि सांसदहरुको बैठकले निकालेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP