शुक्रबार , भाद्र १२, २०८३

ताज्मानिया । अष्ट्रेलियाको ताज्मानिया राज्यस्थित लन्चेस्टनमा क्रिकेट खेलमार्फत आफ्नो समुदायको प्रतिनिधित्व गर्दै आएको नेपाली टिमलाई यहाँकी सांसद ब्रिजेट आर्चरले खुलेरै प्रशंसा गरेकी छिन् ।

ताज्मानिया राज्यलाई समावेशी र बहुसाँस्कृतिक राज्य बनाउन लन्चेस्टन नेपाली क्रिकेट क्लबले गरेको योगदानको कदर गर्दै उनले भनिन्, ‘तपाइहरुलाई के कस्तो सहयोग चाहिन्छ मलाई भन्नुस, म सहयोग गर्न तयार छु ।’

लन्चेस्टन नेपाली क्रिकेट क्लबले आइतबार आयोजना गरेको दोश्रो बार्षिक साधारण सभामा बोल्दै ताज्मानियन सरकारका मन्त्री माइकल फरगुसन, ताज्मानिया क्रिकेट लिगका अध्यक्ष ड्यारल ह्वाइट र एनआरएनए ताज्मानियाका संयोजक सन्देश परियारले नेपाली क्रिकेट क्लबको थप विकासमा आआफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

त्यस्तै, क्लबका अध्यक्ष रामकुमार श्रेष्ठले सांसद आर्चरसँग खेल अभ्यासको लागि एक खेलमैदान उपलब्ध गराइदिन अनुरोध गरेका थिए । करिब दुई महिना अघि लन्चेस्टनका १४ वटा स्थानीय टिमहरुलाई हराउँदै नेपाली क्रिकेट टोली ताज्मानिया क्रिकेट लिगको ए ग्रेडको प्रिलिमिनरी फाइनलमा पुगेको थियो ।

तर बर्षाका कारण स्थगित भएको प्रिलिमिनरी फाइनलमा अंकका आधारमा एक स्थान तल झर्दै ग्रेड एको उपाधि चुम्नबाट भने बञ्चित भएको थियो । त्यससँगै नेपाली टिमले ताज्मानिय इतिहासकै सबैभन्दा ठूलो प्रतिस्पर्धी खेल ताज्मानियन प्रिमियर लिग खेल्ने ढोका खोलेको थियो ।

क्रिकेट क्लबको नयाँ कार्यसमिति
क्लबको दोश्रो साधारण सभाले रामकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ । उक्त कार्यसमितिको उपाध्यक्ष्मा सुलभ मास्के, सचिवनमा महेश्वर पराजुली, कोषाध्यक्षमा विजयकुमार उपाध्याय, टिम म्यानेजरमा पोषण कोइराला र जनसम्पर्क अधिकृतमा आनन्द अर्याललाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा प्रमित खड्का, गणेश पौडेल र सुर्य सुवेदी चयन भएका छन् भने प्रशान्त खनाल र आदित्य सिंह सल्लाहकारमा चयन भएका छन् । यसैबीच आगामी सिजनमा नेपाली क्रिकेट क्लबले आफ्ना दुई टिमहरुलाई मैदानमा उतार्ने समेत घोषणा गरेको छ ।

दोश्रो साधारण सभाको अवसर पारेर नेपाली क्रिकेटलाई ताज्मानियामा परिचित र स्थापित गराउन गरेको योगदानको कदर गर्दै सम्पूर्ण खेलाडीहरुलाई सम्मान पत्र तथा मेडलहरु वितरण गरेको थियो । सम्मान पत्र र मेडल पाएपछि खेलाडीहरु फोटो खिचाउँदै खुशी साटासाट गरिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP