शुक्रबार , मंग्सिर १२, २०८३

डार्विन । नर्दन टेरिटोरी (NT) मा वरिष्ठ सरकारी अधिकारी, सांसद तथा सर्वसाधारणलाई लक्षित गरी बम धम्की आएपछि प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको छ। बिहीबार बिहान प्राप्त धम्कीसम्बन्धी इमेलपछि काउन्टर टेररिज्म अनुसन्धानकर्ता, इन्टेलिजेन्स अधिकारी तथा प्रहरीको विशेष रणनीतिक टोलीले अनुसन्धान थालेका छन्।

NT प्रहरी सहायक आयुक्त सोनिया केननका अनुसार प्रहरी विभिन्न सरकारी विभाग तथा सुरक्षा निकायसँग समन्वय गरी धम्कीको जोखिम मूल्याङ्कन र संलग्न व्यक्तिको पहिचान गर्ने प्रयासमा छ। उनले सर्वसाधारणलाई ‘सतर्क रहन तर आतंकित नहुन’ आग्रह गर्दै आधिकारिक प्रहरी सूचनामार्फत अपडेट लिन अनुरोध गरेकी छन्।

धम्कीमा क्रिसमस तथा नयाँ वर्षका कार्यक्रमहरूमा सर्वसाधारणलाई लक्षित गर्ने उल्लेख गरिएको बताइएको छ। साथै डार्विनका सार्वजनिक स्थलहरू पनि धम्कीमा समेटिएका छन्।

धम्कीको जानकारी पाएपछि डार्विनको क्यासुआरिना स्क्वायरमा आयोजित Woolworths सुपरमार्केट पुनः उद्घाटन कार्यक्रममा सहभागी मुख्यमन्त्री लिआ फिनोचियारो, मन्त्रीहरू तथा सांसदहरूलाई सुरक्षा टोलीले तत्काल सुरक्षित स्थानमा सारेको थियो। उनीहरू कार्यक्रमको औपचारिक उद्घाटन समारोहमा सहभागी हुन पाएनन्।

प्रहरीले यस्ता धम्कीमध्ये कतिपय झुटा साबित हुने गरे पनि सबैलाई गम्भीर रूपमा लिने र विस्तृत अनुसन्धान गर्ने जनाएको छ। अनुसन्धानमा अस्ट्रेलियन फेडरल पुलिस (AFP) तथा अन्य सुरक्षा निकायको समेत सहयोग रहने सम्भावना छ।

आगामी सार्वजनिक कार्यक्रमहरू स्थगित गर्नुपर्ने वा नगर्ने विषयमा अहिले नै निर्णय भइसकेको छैन। प्रहरीले अनुसन्धान जारी रहेको भन्दै सर्वसाधारणलाई आधिकारिक सूचनामा भर पर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP