शुक्रबार , मंग्सिर १२, २०८३

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि जारी गरिने विद्यार्थी भिसासम्बन्धी व्यवस्थामा महत्वपूर्ण परिवर्तन गर्ने तयारी गरेको छ। विद्यार्थी भिसाका लागि आवेदन दिँदा पूरा गर्नुपर्ने ‘वास्तविक विद्यार्थी मापदण्ड’ (Genuine Student Requirement) र आर्थिक स्रोत प्रमाणित गर्ने व्यवस्थामा पुनरावलोकन सुरु गरिएको हो।

अस्ट्रेलियाको डिपार्टमेन्ट अफ होम अफेयर्सले अक्टोबर ३० मा पुनरावलोकनका प्रस्तावहरू सार्वजनिक गर्दै यस विषयमा सरोकारवाला तथा सर्वसाधारणसँग सुझाव र धारणा माग गरेको थियो। प्रस्तावमाथि आफ्नो धारणा राख्ने अन्तिम समय सोमबार समाप्त भएको छ।

पुनरावलोकनमा वास्तविक विद्यार्थी मापदण्डलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न सम्भावित मोडेलहरू प्रस्तुत गरिएका छन्। त्यस्तै, विद्यार्थीले भिसा आवेदनका क्रममा आफ्नो आर्थिक क्षमता प्रमाणित गर्नुपर्ने व्यवस्थामा पनि विभिन्न विकल्प प्रस्ताव गरिएको छ।

प्रस्तावित आर्थिक स्रोत प्रमाणित गर्ने मोडेलहरूमा:

  • अस्ट्रेलियाली बैंक खातामा शिक्षण शुल्क र जीवनयापन खर्चको ५० प्रतिशत रकम एकदेखि तीन महिनासम्म राख्ने।

  • पहिलो वर्षको सम्पूर्ण शिक्षण शुल्क र जीवनयापन खर्च बराबरको रकम कम्तीमा तीन महिनासम्म खातामा जम्मा गरेर राख्ने।

  • स्वीकृत शैक्षिक ऋण वा अन्य वित्तीय सुविधामार्फत आर्थिक स्रोत प्रमाणित गर्ने।

यी विकल्पहरू प्रस्तावका रूपमा मात्र सार्वजनिक गरिएका हुन्। पुनरावलोकनपछि कुन मोडेल अपनाउने र नयाँ व्यवस्था कहिलेदेखि लागू गर्ने भन्ने विषयमा अन्तिम निर्णय हुन बाँकी छ।

अस्ट्रेलियामा अध्ययन गर्न आउने तयारीमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीका लागि यो पुनरावलोकन महत्वपूर्ण हुन सक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP