शनिबार , भाद्र १३, २०८३

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल देशको राजनीतिको निर्णायक शक्ति बनेका छन् । उनले चाल्ने कदमले नेकपा एमाले र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्य निर्धारण गर्नेछ ।

ओलीलाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दरिलो चुनौती दिन नसकिरहँदा नेपालले ठूलै चुनौती दिइरहेका छन् । नेपालकै निर्देशनमा कर्णाली प्रदेशमा एमाले सांसदहरुबाट फ्लोर क्रस भइसकेको छ । लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकार अल्पमतमा पर्नुमा नेपालकै रणनीतिक चार्तुयता कारण बनेको छ ।

संघीय संसदमा ओलीलाई अप्ठ्यारोमा पार्न सक्नेमा माधव नेपाल नै मुख्य नेता देखिएका छन् । उनले एमालेभित्रै ओलीलाई कमजोर पार्न २१ सांसदको सामूहिक राजीनामासम्मको तयारी गरेका छन् । यसले आक्रामक बन्दै आएका ओलीलाई अचानक रक्षात्मक बनाइदिएको छ । माधव नेपाल र उनी पक्षीय प्रत्यक्ष निर्वाचित सांसदहरुमाथि कारबाहीका लागि ठिक्क परेका उनी पछि हटेका छन् । यसअघि कठोर कदम चाल्न अघि सरिहाल्ने ओली अचानक हटेका छन् ।

माधव नेपालले कुनैपनि बेला आफू पक्षीय प्रत्यक्ष निर्वाचित सांसदहरुको सामूहिक राजीनामाको निर्णय लिने बलियो सम्भावना देखिएको छ । सहमतिका लागि उनले बटमलाइन २ जेठ २०७५ नै रहेको स्पष्ट पारिसकेका छन् । त्यसमा यताउता नहुने उनको अडान छ ।

कुनैपनि बेला नेपालले चाल्ने कदमले एमाले वैधानिक रुपमा विभाजित हुन सक्छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले एकताको पहल गरिरहेकी छिन् । तर, ओली र नेपाल टसमस भएका छैनन् । अन्तिम प्रयास जारी छ ।

२७ वैशाखमा ओलीले विश्वासको मत लिन बढ्नु अघि नै कुनै सहमति नभए नेपालले सामूहिक राजीनामाको कदम चाल्ने सम्भावना बलियो छ । उनी जसरी हुन्छ ओलीलाई प्रधानमन्त्रीमा कायमै रहेको हेर्न चाहिरहेका छैनन् । यसकारण पनि ओली सरकारको भविष्य नेपालको हातमा पुगेको छ । नेपाल समूहका २१ जना सांसदले सामूहिक राजीनामा दिनेवित्तिकै दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बन्ने ढोका सहज हुनसक्छ । त्यतिबेला काँग्रेस, माओवादी केन्द्र र जसपाको समिकरण बनेर सरकार बन्नसक्छ । संसदमा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका रुपमा संविधानको धारा ७६ ३ बमोजिम प्रधानमन्त्री बनेर देशलाई ६ महिनाभित्र चुनावमा लाने ओलीको रणनीति नेपालले विफल पार्न चाहिरहेका छन् ।

ओली र नेपालबीचको अन्र्तसंघर्षले वर्तमान सरकार मात्र नभई नेकपा एमालेको भविष्य समेतको टुंगो लगाउँदैछ । नेपालले चाल्ने कदमले नै अबको एमाले र ओली सरकारको भविष्य निर्धारण गर्दैछ । यतिबेला नेपालको राजनीतिमा माधव नेपाल निर्णायक शक्ति बनेका छन् । उनले जे कदम चाल्छन् त्यो अबको राजनीतिलाई नयाँ दिशा दिने कारण बन्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP