शुक्रबार , मंग्सिर १२, २०८३

पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्धको भ्रष्टाचार मुद्दामा चीनको एक्जिम बैंकसँग ऋण लिँदा गरिएका कागजको विवरण झिकाउन विशेष अदालतले आदेश दिएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भ्रष्टाचार मुद्दामा निर्माण कम्पनी र ऋण भुक्तानीको विवरण माग गरिएहो हो ।

शुक्रबार अदालतका अध्यक्ष वासुदेव आचार्य, सदस्यद्वय डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले चीनको निर्माण कम्पनी चाइना सीएएमसीले भुक्तानीका लागि दाबी गरेका बिल–भरपाई, भुक्तानी भएको रकम र भुक्तानी हुन बाँकी रकमको विवरण मागेको छ ।

सरकारले चिनियाँ एक्जिम बैंकबाट लिएको ऋणको भुक्तानी प्रक्रिया र किस्तागत भुक्तानीको विवरण सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट झिकाउन भनिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रषचार भएको भन्दै मुद्दा दर्ता गरेको छ ।

निर्माण कम्पनीलाई गैरकानुनी रूपमा कर छुट दिएर राज्य कोषमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ हानी पुर्याएको अख्तियारको दाबी छ । कार्की सो समयमा अर्थमन्त्री थिए, त्यसैले उनी यसका प्रतिवादी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP