प्रधानमन्त्री बालेनले सरकारी कामकाजलाई छिटो, प्रभावकारी र जवाफदेही बनाउन मन्त्री तथा सचिवहरूका लागि फाइलमाथि निर्णय गर्ने कडा समयसीमा तोकेका छन्।
नयाँ व्यवस्थाअनुसार अब मन्त्री वा सचिवको टेबलमा दिउँसो २ बजेअघि कुनै फाइल आइपुगेमा सोही दिन अनिवार्य रूपमा निर्णय गरिसक्नुपर्नेछ। दिउँसो २ बजेपछि आइपुगेका फाइलमाथि भने भोलिपल्टसम्म निर्णय दिनुपर्ने व्यवस्था गरिएको छ।
त्यस्तै, नीतिगत निर्णयका लागि फाइलहरू अनावश्यक रूपमा तीन तहभन्दा बढी घुमाउन नपाइने नियम पनि लागू गरिएको छ।
कुनै विषयमा मन्त्रालयभित्रका अन्य अधिकारीहरूको राय आवश्यक परेमा पनि फाइल लामो समयसम्म थन्क्याएर राख्न पाइने छैन। त्यसका लागि सोही दिन बैठक बसेर आवश्यक छलफल तथा निर्णय गर्नुपर्नेछ।
सरकारी निकायमा फाइल अड्काएर काममा ढिलाइ गर्ने प्रवृत्ति अन्त्य गर्दै प्रशासनिक प्रक्रियालाई चुस्त, छरितो र उत्तरदायी बनाउने उद्देश्यले यस्तो व्यवस्था अघि सारिएको बताइएको छ।











