शुक्रबार , मंग्सिर १२, २०८३

सिड्नी । अस्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि आवेदन दिने विदेशी विद्यार्थीको भिसा आवेदन अस्वीकृत हुने क्रम बढेसँगै विश्वविद्यालयहरूमा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीको भर्ना उल्लेख्य रूपमा घट्ने अनुमान गरिएको छ।

पछिल्लो एक वर्षयता विद्यार्थी भिसा आवेदन अस्वीकृत हुने क्रम तीव्र बनेपछि अस्ट्रेलियाका विश्वविद्यालयहरूमा नयाँ अन्तर्राष्ट्रिय विद्यार्थीको भर्ना करिब १८ प्रतिशतले घट्न सक्ने अनुमान गरिएको हो।

यसको प्रत्यक्ष असर विश्वविद्यालयहरूको आर्थिक आम्दानीमा पर्ने देखिएको छ। अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) ले सार्वजनिक गरेको समाचारअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीको भर्नामा आउने गिरावटले आगामी तीन वर्षमा विश्वविद्यालयहरूको राजस्वमा करिब २ अर्ब अस्ट्रेलियन डलर बराबरको असर पार्न सक्ने अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय विद्यार्थी अस्ट्रेलियाको उच्च शिक्षा क्षेत्रका लागि आम्दानीको महत्त्वपूर्ण स्रोत मानिन्छन्। विद्यार्थी भर्नामा हुने गिरावटले विश्वविद्यालयहरूको आर्थिक अवस्था र उच्च शिक्षा क्षेत्रको समग्र गतिविधिमा समेत प्रभाव पार्न सक्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP