शुक्रबार , मंग्सिर १२, २०८३

काठमाडौं । पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्बन्ध देखिएका भनिएका इनम सापकोटा र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्टमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। अनुसन्धानको दायरा विस्तार हुँदै तीन पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवसम्म पुगेको बताइएको छ।

रातोपाटीको समाचारअनुसार, सापकोटा र भट्टमाथि राष्ट्र बैंक ऐन, २०५८ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ। सापकोटाको मोबाइलको डिजिटल फरेन्सिक परीक्षणका क्रममा विभिन्न उच्चपदस्थ व्यक्तिसँग सम्पर्क देखिएपछि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

अनुसन्धानमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका पूर्वस्वकीय सचिव भानु देउवा, पुष्पकमल दाहालकी पूर्वस्वकीय सचिव गंगा दाहाल र एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसँगको सम्पर्कबारे पनि चासो दिइएको समाचारमा उल्लेख छ।

व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसम्बन्धी मुद्दामा चलखेल भएको आशंकामा सापकोटामाथि अनुसन्धान सुरु गरिएको बताइएको छ। दीपक भट्ट सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि कारागारमा छन् भने उनका दाजु सुशील भट्ट पनि प्रहरी अनुसन्धानमा छन्।

यसैबीच, बज्राचार्यमाथि अकुत सम्पत्ति आर्जनको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ। भानु देउवा र गंगा दाहालबारे पनि भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको बताइएको छ।

प्रहरीले सम्पर्क र सम्भावित आर्थिक कारोबारबीच सम्बन्ध छ वा छैन भन्ने विषयमा अनुसन्धान गरिरहेको छ। अनुसन्धानमा नाम जोडिनु मात्रले सम्बन्धित व्यक्तिहरू दोषी प्रमाणित भएको भने होइन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP