शुक्रबार , मंग्सिर १२, २०८३

क्यानबेरा । अस्ट्रेलिया सरकारले विद्यार्थी भिसासम्बन्धी नयाँ नियमबारे थप स्पष्ट पार्दै अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा देखिएको अन्योल सम्बोधन गरेको छ। डिपार्टमेन्ट अफ होम अफेयर्सले विद्यार्थी भिसा नवीकरण, शैक्षिक संस्था परिवर्तन तथा अस्ट्रेलियाभित्रै बसेर नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाउने अवस्थाबारे जानकारी सार्वजनिक गरेको हो।

विभागका अनुसार हाल विद्यार्थी भिसामा रहेका व्यक्तिले अध्ययनरत कलेज, क्याम्पस वा विश्वविद्यालय परिवर्तन गरेका छन् र अध्ययन पूरा गर्न थप समय आवश्यक छ भने सामान्यतया नयाँ विद्यार्थी भिसाका लागि अस्ट्रेलियाबाहिरबाट आवेदन दिनुपर्नेछ।

विशेषगरी शैक्षिक संस्था परिवर्तन गरेका विद्यार्थीले अध्ययन पूरा गर्न १२ महिनाभन्दा कम समय बाँकी रहेको अवस्थामा समेत अस्ट्रेलियाभित्रै बसेर भिसा थप गर्न नपाउने विभागले स्पष्ट पारेको छ। यस्तो अवस्थामा विद्यार्थीले आवेदन दिँदा र नयाँ भिसा स्वीकृत हुँदा अस्ट्रेलियाबाहिरै रहनुपर्ने व्यवस्था छ।

यद्यपि, एउटै शैक्षिक संस्थामा अध्ययन जारी राखेका विद्यार्थीलाई आफ्नो मूल कोर्स समाप्त हुने मितिपछि थप १२ महिनासम्म अध्ययन पूरा गर्न समय आवश्यक भएमा निश्चित सर्तसहित अस्ट्रेलियाभित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिने छुट उपलब्ध हुन सक्छ।

त्यस्तै, पीएचडी अध्ययन गर्ने तथा अन्य तोकिएका छुटका मापदण्ड पूरा गर्ने विद्यार्थीका लागि पनि फरक व्यवस्था रहेको विभागले जनाएको छ।

अस्ट्रेलियाबाहिरबाट विद्यार्थी भिसा आवेदन दिने व्यक्तिले आवश्यक कागजात, नयाँ कन्फर्मेसन अफ इनरोलमेन्ट (CoE), स्वास्थ्य परीक्षण तथा अन्य भिसासम्बन्धी प्रक्रिया पूरा गर्नुपर्नेछ।

विभागले देशबाहिरबाट आवेदन दिँदैमा पुनः अस्ट्रेलिया फर्कन नपाइने भन्ने नभएको पनि स्पष्ट पारेको छ। तर नयाँ भिसा स्वीकृत हुने निश्चित नहुने भएकाले विद्यार्थीलाई यात्रा तथा अध्ययनको योजना सावधानीपूर्वक बनाउन सुझाव दिइएको छ।

थप जानकारीका लागि अस्ट्रेलियाको डिपार्टमेन्ट अफ होम अफेयर्सको आधिकारिक वेबसाइट हेर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP