शुक्रबार , मंग्सिर १२, २०८३

सिड्नी, अष्ट्रेलिया | २० अक्टोबर २०२६

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षा तथा आप्रवासनसम्बन्धी जानकारी प्रदान गर्दै आएको Grace International ले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा Grace International Education & Migration Expo 2026 आयोजना गर्ने भएको छ। आगामी सोमबार, अक्टोबर २६ मा सिड्नीस्थित Lower Town Hall, Sydney Town Hall मा आयोजना हुने एक्स्पोमा ५० भन्दा बढी शैक्षिक संस्था तथा १० भन्दा बढी आप्रवासनसम्बन्धी व्यावसायिक प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

यस एक्स्पोमा Grace International को डार्विन शाखासहित विभिन्न शाखाका प्रतिनिधिहरूको सहभागिता रहनेछ। यसले नर्दन टेरिटोरी (NT) मा रहेका अन्तर्राष्ट्रिय विद्यार्थी तथा अष्ट्रेलियामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूलाई पनि संस्थाको शैक्षिक तथा आप्रवासनसम्बन्धी सेवाबारे जानकारी प्राप्त गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

एक्स्पोबारे जानकारी दिन अक्टोबर १९, सोमबार सिड्नीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सञ्चारकर्मी, शिक्षा क्षेत्रका प्रतिनिधि तथा Grace International का विभिन्न शाखाका सदस्यहरूको उपस्थिति रहेको थियो।

सन् २००६ मा स्थापना भएको Grace International ले ‘२० Years of Connecting Life & Learning’ भन्ने नारासहित आफ्नो दुई दशकको यात्रा मनाइरहेको छ। संस्थाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई शैक्षिक अवसर, आवश्यक मार्गदर्शन तथा भविष्यको करियर निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागेको जनाएको छ।

अष्ट्रेलियाको विद्यार्थी भिसा नीति, शैक्षिक आवश्यकताहरू तथा आप्रवासनका सम्भावित मार्गहरूबारे विद्यार्थीहरूमा विभिन्न जिज्ञासा र अन्योल देखिएको अवस्थामा एक्स्पोले विश्वसनीय जानकारी तथा सम्बन्धित विज्ञहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

एक्स्पोमा सहभागीहरूले विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेट गरी कोर्स छनोट, छात्रवृत्ति, भर्ना प्रक्रिया, विद्यार्थी भिसाका सर्तहरू, सीप मूल्याङ्कन तथा आफ्नो परिस्थितिअनुसार सम्भावित आप्रवासनका मार्गबारे जानकारी लिन सक्नेछन्।

ko

Grace International Sydney का इभेन्ट कोअर्डिनेटर तथा अपरेसन्स म्यानेजर Arbin AC ले शिक्षा संस्था र आप्रवासनसम्बन्धी व्यावसायिक प्रतिनिधिहरूलाई एउटै मञ्चमा ल्याउनुको उद्देश्य विद्यार्थीका जिज्ञासा सम्बोधन गर्नु तथा आवश्यक जानकारीमा सहज पहुँच पुर्‍याउनु रहेको बताए।

त्यस्तै, Grace International Sydney की कार्यकारी निर्देशक Simrita Ranjitkar ले संस्थाको २० वर्षे यात्राबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई आफ्नो शैक्षिक तथा व्यावसायिक भविष्यबारे सही निर्णय लिन सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिन्। उनका अनुसार एक्स्पो शैक्षिक संस्थाहरूको प्रवर्द्धनमा मात्र सीमित नभई विद्यार्थीलाई सही सूचना, स्पष्ट मार्गदर्शन तथा उपलब्ध अवसरबारे जानकारी गराउने महत्त्वपूर्ण मञ्च हो।

पत्रकार भेटघाट कार्यक्रममा Grace International Rockdale का निर्देशक Ganesh Bhatta लगायत विभिन्न शाखाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा संस्थाको नेतृत्व टोलीबाट प्रस्तुति, सञ्चारकर्मीसँग अन्तरक्रिया तथा प्रश्नोत्तर सत्र सञ्चालन गरिएको थियो। सोही अवसरमा नेपाली समुदायको महत्त्वपूर्ण पर्व विजयादशमी २०८३ को शुभकामना आदानप्रदानसमेत गरिएको थियो।

आयोजकले अन्तर्राष्ट्रिय विद्यार्थी, अष्ट्रेलियामा अध्ययन गर्न इच्छुक विद्यार्थी, स्नातक तथा सिड्नीका बहुसांस्कृतिक समुदायका सदस्यहरूलाई निःशुल्क एक्स्पोमा सहभागी हुन आह्वान गरेको छ।

एक्स्पोसम्बन्धी विवरण

  • कार्यक्रम: Grace International Education & Migration Expo 2026
  • मिति: सोमबार, २६ अक्टोबर २०२६
  • समय: बिहान ११:३० देखि दिउँसो ४:०० बजेसम्म
  • स्थान: Lower Town Hall, Sydney Town Hall
  • ठेगाना: 483 George Street, Sydney NSW 2000
  • सहभागिता: ५० भन्दा बढी शैक्षिक संस्था तथा १० भन्दा बढी आप्रवासनसम्बन्धी व्यावसायिक प्रतिनिधि
  • प्रवेश शुल्क: निःशुल्क
  • दर्ता तथा थप जानकारी: www.graceintlgoup.com.au

Grace International को २०औँ वार्षिकोत्सवका अवसरमा आयोजना हुन लागेको यस एक्स्पोले विद्यार्थीहरूलाई शिक्षा, करियर तथा आप्रवासनसम्बन्धी सम्भावनाबारे जानकारी प्राप्त गर्न र आफ्नो भविष्यका लागि सूचित निर्णय लिन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनमा जनसम्पर्क समिति नर्दन टेरिटोरीको देउसी–भैलो कार्यक्रम सम्पन्न

१

नेपालदेखि अस्ट्रेलियासम्मको यात्रा: साज र विनको Unique Auto Tech राष्ट्रिय अवार्डमा फाइनलिस्ट

२

एनटीमा Aged Care सेवा कमजोर बन्दै, संघीय सांसद ल्यूक गोस्लिङले थप लगानीको प्रतिबद्धता जनाए

३

गगन थापाको नेतृत्वमा कांग्रेसको नयाँ टिम, १९ पदाधिकारीमध्ये १६ जना विशेष महाधिवेशन पक्षधर

४

डार्विनमा दोस्रो ग्रेस दशैं कप: १५ पुरुष टोलीसहित १७ टोली मैदानमा, विजेताले ३ हजार डलर पाउन

५

डार्विनमा ANJA को सामुदायिक परामर्श तथा दसैँ शुभकामना कार्यक्रम सम्पन्न, सहयोगी संस्था र स्वयंसेवकलाई धन्यवाद

६


TOP