डार्विन । उत्तरी अस्ट्रेलियाको नर्दर्न टेरिटोरी (NT) मा वृद्धवृद्धाका लागि उपलब्ध हेरचाह सेवामा कमी आएको नयाँ रिपोर्टले देखाएको छ। अस्ट्रेलियन मेडिकल एसोसिएसन (AMA) को Aged Care Report Card 2026 ले एनटीमा दशकअघिको तुलनामा घरमै हेरचाहका लागि उपलब्ध प्याकेजको संख्या घटेको देखाएपछि संघीय सरकारमाथि तत्काल कदम चाल्न दबाब बढेको छ।
रिपोर्टअनुसार, अस्ट्रेलियाका सबै राज्य तथा टेरिटोरीमध्ये एनटीमा मात्र सन् २०१६ को तुलनामा २०२५ मा Home Care Packages को संख्या कम रहेको छ। सन् २०१६ मा १,१८८ रहेको यस्तो प्याकेज २०२५ मा घटेर १,०८५ पुगेको छ। सन् २०२० मा भने यो संख्या ६४० सम्म झरेको थियो।
यस्तै, Residential Aged Care का लागि उपलब्ध स्थानको संख्या पनि लामो समयदेखि स्थिर रहेको छ। सन् २०१९ देखि २०२५ सम्म एनटीमा यस्ता स्थानको संख्या ५५९ मै कायम रहेको रिपोर्टमा उल्लेख छ।
वृद्धवृद्धाका लागि Residential Aged Care सेवा पर्खिरहेका बिरामीले अस्पतालमा बिताउनुपर्ने कुल दिन पनि पछिल्ला वर्षमा उल्लेख्य बढेको छ। सन् २०२३–२४ मा यस्तो प्रतीक्षा अवधि १७,८९४ patient days पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो।
अस्पतालमा वृद्ध बिरामीको चाप
AMA NT की उपाध्यक्ष डा. Dayna Duncan ले अस्पतालमा आवश्यकताभन्दा लामो समय बसिरहेका वृद्ध बिरामीका कारण उनीहरूको स्वास्थ्यमा समेत थप जोखिम उत्पन्न हुन सक्ने बताएकी छन्।
उनका अनुसार आवश्यक हेरचाह र सहयोग उपलब्ध नहुँदा कतिपय वृद्ध बिरामी लामो समय अस्पतालमै बस्न बाध्य छन्। अस्पतालमा अनावश्यक रूपमा लामो समय बस्दा संक्रमण तथा delirium लगायतका जटिलताको जोखिम बढ्न सक्ने उनको भनाइ छ।
एनटीमा वृद्ध बिरामीका लागि पर्याप्त aged care support नहुँदा अस्पतालका बेडमा समेत चाप बढेको छ। यसले यस वर्ष विभिन्न समयमा Code Yellow घोषणा हुनुपर्ने अवस्था, Emergency Department मा प्रतीक्षा समय बढ्नु र बिरामी तथा स्वास्थ्यकर्मी दुवैमा दबाब बढ्नुजस्ता समस्या निम्त्याएको रिपोर्टमा उल्लेख छ।
ल्यूक गोस्लिङ : संघीय सरकार लगानी बढाउन प्रतिबद्ध
रिपोर्ट सार्वजनिक भएपछि Solomon का Federal MP Luke Gosling ले वृद्ध टेरिटोरियनले आवश्यक परेको समयमा र आवश्यक स्थानमै हेरचाह पाउनुपर्ने बताएका छन्।
गोस्लिङले संघीय सरकारमा सत्ता सम्हाल्दा अघिल्लो सरकारबाट वृद्ध हेरचाह प्रणाली कमजोर अवस्थामा प्राप्त भएको दाबी गर्दै अहिले सुधारका लागि लगानी भइरहेको बताए।
उनका अनुसार Albanese Government ले एनटीमा Home Care, Residential Aged Care तथा नयाँ पूर्वाधार विस्तारका लागि लगानी गरिरहेको छ।
गोस्लिङले Palmerston मा निर्माण गर्ने योजना रहेको १२० शय्याको नयाँ Residential Aged Care Facility लाई पनि संघीय लगानीको महत्वपूर्ण हिस्सा बताएका छन्। उक्त सुविधामा वृद्ध Aboriginal तथा Torres Strait Islander समुदायका लागि culturally safe care र memory support जस्ता विशेष सेवासमेत उपलब्ध गराउने योजना रहेको उनले बताए।
उनले संघीय तथा एनटी सरकारबीच सहकार्य गर्दै वृद्ध टेरिटोरियनका लागि थप Home Care सेवा, आधुनिक aged care facilities र अस्पतालमाथिको दबाब घटाउने व्यावहारिक उपायमा काम गरिने बताएका छन्।
तर Palmerston को नयाँ aged care facility निर्माणमा ढिलाइ भइरहेको विषय पनि यसअघि सार्वजनिक भइसकेको छ।
एनटी सरकारको संघीय सरकारसँग थप सहयोग माग
एनटीका Health Minister Steve Edgington ले भने वृद्धवृद्धाका लागि पर्याप्त aged care सेवा नहुँदा सार्वजनिक अस्पतालमा ठूलो दबाब परेको बताएका छन्।
उनका अनुसार प्रत्येक साता ८० जनासम्म वृद्ध टेरिटोरियन अस्पतालका बेडमा उपयुक्त aged care सेवा पर्खिरहेका हुन्छन्। यसले स्वास्थ्य प्रणालीलाई वार्षिक करिब ४० मिलियन डलर खर्च गरिरहेको उनको भनाइ छ। केही बिरामीले उपयुक्त हेरचाहको व्यवस्था नहुँदा अस्पतालमै छ महिनासम्म कुर्नुपरेको विषय पनि सार्वजनिक भएको छ।
Edgington ले संघीय सरकारसँग थप aged care सेवा र सहयोगका लागि आफूले निरन्तर आग्रह गर्दै आएको बताए।
उनले एनटी सरकारले २.५६ बिलियन डलरको रेकर्ड Health Budget ल्याएको तथा Royal Darwin Hospital मा दुई नयाँ वार्ड सञ्चालन गरेर बेड क्षमता बढाउने प्रयास गरिरहेको बताए।
सन् २०२६ मा एनटीले अस्पताल सेवाका लागि थप १५२ मिलियन डलर प्राप्त गर्ने भए पनि राष्ट्रिय सम्झौताअन्तर्गत अन्य राज्य तथा टेरिटोरीको तुलनामा एनटीले पाउने योगदान सबैभन्दा कम रहेको Edgington को दाबी छ।
उनका अनुसार एनटी सरकारले संघीय जिम्मेवारीअन्तर्गत पर्ने aged care तथा aeromedical retrieval लगायतका क्षेत्रमा समेत करिब २०० मिलियन डलर खर्च गरिरहेको छ।
Edgington ले aged care संघीय सरकारको जिम्मेवारी भएकाले Territorians ले आवश्यक सेवा पाउने गरी Commonwealth ले थप कदम चाल्नुपर्ने बताएका छन्। उनले Palmerston को नयाँ aged care facility निर्माणलाई पनि शीघ्र अघि बढाउन संघीय सरकारसँग आग्रह गरेका छन्।
AMA को रिपोर्टले भने एनटीमा वृद्ध हेरचाह सेवाको वर्तमान अवस्था र अस्पतालमा लामो समय बस्न बाध्य वृद्ध बिरामीको समस्यालाई तत्काल सम्बोधन गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
@Source: Social media: Official websites: Luke Gosling social media.











