सोमबार , अषोज २६, २०८३

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार गरेको आरोपमा १४ वर्षीया किशोरीलाई प्रहरीले पक्राउ गरेको छ। घटनापछि प्रहरीले उनलाई Taser प्रयोग गरी नियन्त्रणमा लिएको हो।

बुधबार अपराह्न करिब ४:३० बजे Smith Street Shopping Centre मा एक सुरक्षा गार्डमाथि आक्रमण तथा पसलका सामानमा क्षति पुर्‍याइएको सूचना पाएपछि प्रहरी परिचालन भएको थियो।

CCTV मार्फत Cavanagh Street क्षेत्रमा पुगेकी किशोरीलाई १६ वर्षीय किशोर र १३ वर्षीया अर्की किशोरीसँग भेटिएको प्रहरीले जनाएको छ। प्रहरी नजिकिँदै गर्दा १६ वर्षीय किशोर भागेको र १४ वर्षीया किशोरीले भान्सामा प्रयोग हुने चक्कुले एक प्रहरी अधिकारीको माथिल्लो हात र छातीमा प्रहार गरेको आरोप छ।

प्रहरीले Taser प्रयोग गरेपछि उनलाई घटनास्थलमै पक्राउ गरेको थियो। घाइते प्रहरी अधिकारीलाई St John Ambulance ले उपचारपछि Royal Darwin Hospital लगेको थियो। उनको चोट जीवन जोखिममा पार्ने खालको नभएको प्रहरीले जनाएको छ।

पछि प्रहरीले Tomaris Court को एक युनिट परिसरमा घेरा हालेर अन्य दुई किशोरलाई पनि बिना प्रतिरोध पक्राउ गरेको जनाएको छ।

Northern Territory Police Commissioner Martin Dole ले प्रहरीमाथिको कथित आक्रमणलाई गम्भीर घटना भएको बताएका छन्। घटनाबारे Strike Force Trident ले थप अनुसन्धान गरिरहेको छ भने हालसम्म आरोप (charges) लगाइएको छैन।

घटनाका प्रत्यक्षदर्शीले प्रहरीसँग सम्पर्क नगरेका भए 131 444 मा फोन गरी reference NTP2600092013 उल्लेख गर्न प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP