मंगलबार , बैसाख २९, २०८३

देशभरका अक्सिजन उद्योगको सुरक्षामा नेपाल प्रहरीले खटिने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अक्सिजन उद्योगको सुरक्षाका लागि आग्रह गरेपछि गृह मन्त्रालयले प्रहरी खटाउने निर्णय गरेको हो ।

अक्सिजन उद्योग भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उद्योगले मागे बमोजिमको सुरक्षाकर्मी उपलब्ध गराउन परिपत्र गरिएको गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले अनलाइनखबरलाई बताए ।

कोरोना संक्रमितको संख्या बढेसँगै देशभर अक्सिजनको माग पनि बढेको छ । यसका कारण अक्सिजन उद्योगमा असुरक्षा बढेको भन्दै उद्योगहरुले सरकारसँग सुरक्षा माग गरेका थिए । उद्योग मन्त्रालयले सुरक्षा माग गरेको हुनाले प्रहरी खटाउने निर्णय भएको र सोहीअनुसार परिपत्र गरेको आचार्यले बताए ।

‘हामीले सबै जिल्ला प्रशासनलाई परिपत्र गरिसकेका छौं । अब अक्सिजन उद्योग भएका जिल्ला प्रशासनले उद्योगले मागे बमोजिमको संख्यामा सुरक्षाकर्मी त्यहाँ खटाउनु हुन्छ,’ सूचना अधिकारी आचार्यले भने । गृह मन्त्रालयको निर्णयपछि अक्सिजन उद्योगहरुमा प्रहरी पुग्ने क्रममा रहेको उद्योग विभागले जनाएको छ ।

अक्सिजनको माग बढेका कारण उद्योगको असुरक्षा बढेको तथा वितरण प्रणालीमा उद्योगलाई नटेर्ने प्रवृत्ति बढेपछि त्यसलाई समन्वय गर्न पनि प्रहरीले परिचालन गर्नुपरेको महानिर्देशक जीवलाल भुसालले बताए । ‘देशैभरका उद्योगमा प्रहरीले सुरक्षा दिने निश्चित भएको छ, केही उद्योगमा प्रहरी पुगिसकेको र केहीमा पुग्ने क्रममा रहेको जानकारी पाएको छु,’ महानिर्देशक भुसालले भने ।

उद्योगको सुरक्षामा खटिने प्रहरीले वितरणलाई प्रभावकारी बनाउने, उद्योगका कार्मचारीको मनोबल बढाउने तथा समग्र उद्योगको सुरक्षा हेर्ने भुसालले बताए ।

अहिलेकै अवस्था रहिरहे अक्सिजन खोस्ने अवस्था आउने देखिएपछि उद्योग मन्त्रालयसंग सुरक्षाको प्रबन्ध गर्न माग गरेको नेपाल अक्सिजन उत्पादक संघका महासचिव नारायणदत्त तिमिल्सनाले बताए ।

संघका अनुसार हाल देशभर काठमाडौं उपत्यकामा ८ सहित २० वटा अक्सिजन उद्योग सञ्चालनमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

Liverpool South Ward उपनिर्वाचनमा नेपाली समुदायका अगुवा देव बहादुर गुरुङको उम्मेदवारी

Australia मा नेपाली Gen-Z सहिदहरूलाई सम्मान र नयाँ नेतृत्वलाई बधाई कार्यक्रम सम्पन्न

NRNA NT Youth Forum Multicultural Cup 2026 सम्पन्न, Northern Nepalese FC च्याम्पियन

डार्विनमा २९३ नेपालीले पासपोर्ट नवीकरण गरे

डार्विनमा “साउन्ड अफ नेपाल” भव्य रूपमा सम्पन्न, ७०० भन्दा बढी दर्शकको सहभागिता

डार्विनमा “साउन्ड अफ नेपाल” कन्सर्ट: सबिन राई एण्ड द फारोको सांगीतिक धमाका हुने


TOP