आइतबार , भाद्र १४, २०८३

१४ भदौ, काठमाडौं । रसुवाको भोटेकोशी नदीमा पानीको बहाव केही बढे पनि तत्काल तटीय क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

भोटेकोशीमा पानीको बहाव बढेसँगै स्थानीय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको थियो। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको भन्दै मानवीय तथा भौतिक क्षतिबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेका थिए।

तर, बाढी पूर्वानुमान महाशाखाले भदौ १४ गते बिहान ५ः४५ बजे जारी गरेको अद्यावधिक सूचनामा अवस्था त्रासपूर्ण नरहेको स्पष्ट पारेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त जानकारीअनुसार भोटेकोशी नदीमा बहाव केही बढेको भए पनि ठूलो बाढीको अवस्था नरहेको महाशाखाले जनाएको हो।

यस्तै, नुवाकोटका केही क्षेत्रमा पनि नदीको बहाव बढेको जनाइएको छ। यद्यपि, हालको बहाव ठूलो नभएको महाशाखाको भनाइ छ।

नदी किनारमा रहेका स्थानीयवासीले पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका श्रव्य–दृश्य सामग्रीमा नदीको बहाव केही बढेको देखिए पनि यसअघि आएको बाढीको तुलनामा अवस्था सामान्य रहेको बताएका छन्।

महाशाखाले नदी तथा खोला किनारका बासिन्दालाई पछिल्लो अवस्थाबारे जानकारी लिँदै आवश्यक सतर्कता भने अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP