आइतबार , भाद्र १४, २०८३

विनाशकारी रसुवा बाढीमा परी त्रिशूली नदी आसपास निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाका सुरुङमा फसेका करिब ६ सय कामदारको चार दिन बितिसक्दा पनि उद्धार हुन सकेको छैन।

बाढीका कारण ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, २० मेगावाटको लाङटाङ र २२ मेगावाटको चिलिमेलगायत जलविद्युत आयोजनाका सुरुङमा ठूलो संख्यामा कामदार फसेका बताइएको छ।

उद्धारमा ढिलाइ हुँदा सुरुङभित्र रहेका कामदारको अवस्थाबारे परिवार तथा आफन्तजनमा चिन्ता र छटपटी बढ्दै गएको छ। आफन्तहरूले आफ्ना परिवारका सदस्यको तत्काल उद्धारका लागि हारगुहार गरिरहेका छन्।

बाढीपछि सडक तथा पहुँचमार्गमा भएको क्षति र प्रतिकूल परिस्थितिका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको बताइएको छ। चार दिनसम्म पनि उद्धार हुन नसकेपछि सुरुङमा रहेका कामदारको अवस्था र उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयासबारे सर्वत्र चासो र चिन्ता बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP