सोमबार , अषोज २६, २०८३

नेपालमा गएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि अस्ट्रेलिया सरकारले ५० लाख अस्ट्रेलियन डलर मानवीय सहायता घोषणा गरेको छ।

अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वाङले शुक्रबार बिहान उक्त सहायता घोषणा गर्दै डिपार्टमेन्ट अफ फरेन अफेयर्स एन्ड ट्रेड (DFAT) मार्फत सहयोग परिचालन गरिने जानकारी दिएकी हुन्।

बाढीका कारण ३९ जना अस्ट्रेलियाली नागरिक सम्पर्कविहीन रहेको जानकारी दिँदै विदेशमन्त्री वाङले उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली स्थानीय अधिकारीहरूसँग सहकार्य भइरहेको बताएकी छन्।

अस्ट्रेलिया सरकारले बाढीबाट प्रभावित नेपाली नागरिकको तत्कालीन आवश्यकता सम्बोधन गर्न मानवीय सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा पुनर्स्थापनाका प्रयासमा सहयोग गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP