शुक्रबार , भाद्र १२, २०८३

अस्ट्रेलियाको एडिलेडमा नेपाली समुदायको अग्रणी सामाजिक संस्था एडिलेड नेपाली समाजको अध्यक्षमा बालगोपाल उपाध्याय निर्वाचित भएका छन्। समाजको सातौँ द्विवार्षिक साधारणसभाले २०२६–२०२८ कार्यकालका लागि उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी सापकोटा र पदेन उपाध्यक्षका रूपमा एडिलेड नेपाली विद्यालयका प्राचार्य हिमाल कडेल रहेका छन्। सचिवमा प्रदिप निरौला, उपसचिवमा विकास पौडेल, कोषाध्यक्षमा पुष्पा बन्जाडे तथा जनसम्पर्क अधिकृतमा सुरेन्द्र रेग्मी चयन भएका छन्।

त्यस्तै, सदस्यहरूमा निवर्तमान अध्यक्ष श्याम दहाल, रामकृष्ण शर्मा, बन्धु विक्रम कार्की, खगेन्द्र सत्याल, दिपा दहाल र बाल सापकोटा रहेका छन्। नयाँ नेतृत्वले एडिलेडमा नेपाली समुदायको एकता, सामाजिक सहकार्य, भाषा–संस्कृति संरक्षण तथा सामुदायिक गतिविधिलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP