शुक्रबार , भाद्र १२, २०८३

डार्विनमा नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीजको अवसरमा Nepalese Association of Northern Territory (NANT) ले तीज महोत्सव २०२६ आयोजना गर्ने भएको छ। NRNA NT को सहकार्यमा आगामी सेप्टेम्बर ४ शुक्रबार मालकस्थित हार्मोनी हलमा हुने कार्यक्रममा लोकप्रिय गायिका रचना रिमालको विशेष लाइभ प्रस्तुति मुख्य आकर्षणका रूपमा रहनेछ।

साँझ ५ः३० बजेदेखि सुरु हुने कार्यक्रममा नेपाली संगीत, नृत्य, सांस्कृतिक प्रस्तुति, खानाका परिकार तथा समुदायकेन्द्रित विभिन्न गतिविधि समावेश गरिने आयोजकले जनाएको छ।

NANT की उपाध्यक्ष नम्रता कँडेलले तीजलाई नेपाली संस्कृति र परम्पराको संरक्षणसँगै समुदायबीचको एकता र महिला सशक्तीकरणको अवसरका रूपमा मनाउन कार्यक्रम आयोजना गरिएको बताइन्।

यस वर्षको तीजलाई अझ विशेष र भव्य बनाउने हाम्रो प्रयास हो। डार्विनमा रहेका नेपाली दिदीबहिनी, परिवार, विद्यार्थी र दोस्रो पुस्ताका नेपाली युवाहरूलाई पनि कार्यक्रममा सक्रिय रूपमा सहभागी गराउन चाहन्छौँ। सबै मिलेर हाम्रो संस्कृति र पहिचानलाई पुस्तान्तरण गर्दै रमाइलो वातावरणमा तीज मनाउने हाम्रो उद्देश्य हो,” कँडेलले भनिन्।

NANT का सचिव अनुपम ढुंगानाले कार्यक्रमलाई सफल बनाउन समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए। उनले तीज महोत्सवमा विभिन्न सांस्कृतिक प्रतिभालाई आफ्नो प्रस्तुति देखाउने अवसर दिइने जानकारी दिँदै कलाकार, एमसी तथा स्वयंसेवकहरूलाई कार्यक्रममा जोडिन आग्रह गरे।

यो कार्यक्रम NANT को मात्र नभई सम्पूर्ण नेपाली समुदायको उत्सव हो। स्थानीय कलाकार, विद्यार्थी, युवा तथा स्वयंसेवकहरूको सहभागिताले कार्यक्रमलाई अझ जीवन्त बनाउनेछ। सबैलाई परिवारसहित सहभागी भएर तीज मनाउन हामी हार्दिक निमन्त्रणा गर्दछौँ,” ढुंगानाले भने।

कार्यक्रमका लागि NANT सदस्य, अभिभावक तथा विद्यार्थीलाई १५ डलर, गैर-सदस्यलाई ३० डलर र लाइफ सदस्यलाई निःशुल्क प्रवेश व्यवस्था गरिएको छ। टिकट अनलाइनमार्फत मात्र उपलब्ध हुने आयोजकले जनाएको छ।

कार्यक्रममा प्रस्तुति दिन चाहने कलाकार, कार्यक्रम सञ्चालन गर्न चाहने एमसी तथा स्वयंसेवकका लागि Expression of Interest (EOI) समेत खुला गरिएको छ। EOI बुझाउने अन्तिम मिति २९ अगस्ट २०२६ रहेको छ। विशेषगरी विद्यार्थी तथा दोस्रो पुस्ताका नेपाली अस्ट्रेलियनहरूलाई सहभागिताका लागि प्रोत्साहित गरिएको छ।

कार्यक्रम विवरण:
📅 ४ सेप्टेम्बर २०२६, शुक्रबार
साँझ ५ः३० बजेदेखि
📍 Harmony Hall, 44 Patterson Street, Malak NT
🎤 रचना रिमाल लाइभ
🤝 NANT र NRNA NT को सहकार्य

आयोजकले डार्विनवासी नेपाली समुदायलाई परिवार तथा साथीभाइसँग सहभागी भई ‘नारी शक्ति, संस्कृति र एकता’ को सन्देशसहित तीज महोत्सव मनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP