शुक्रबार , भाद्र १२, २०८३

काठमाडौं । अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री स्कट मरिसनले अष्ट्रेलियाको भविष्य निर्माणमा आप्रवासीको महत्वपूर्ण भूमिका रहेको बताएका छन्।

न्यूज २४ सँगको कुराकानीमा मरिसोनले आप्रवासन कार्यक्रमलाई स्पष्ट नियम र उद्देश्यसहित अघि बढाउँदै त्यसलाई अष्ट्रेलियाको आर्थिक समृद्धिसँग जोड्नुपर्ने बताएका हुन्।

‘तपाईँसँग यस्तो आप्रवासन कार्यक्रम हुनुपर्छ जुन नियमहरूमा आधारित होस् र एउटै कुरामा केन्द्रित होस्, त्यो भनेको तपाईँको अर्थतन्त्र हो,’ उनले भने।

मरिसन सन् २०१८ देखि २०२२ सम्म अष्ट्रेलियाको प्रधानमन्त्री रहेका थिए। उनको कार्यकालमा अष्ट्रेलियाको आप्रवासन नीतिमा विभिन्न उतारचढाव देखिएका थिए। कोभिड–१९ महामारीका कारण केही समय सीमा बन्द भए पनि त्यसपछिको अवधिमा श्रम अभाव सम्बोधन गर्न अस्थायी भिसा तथा आप्रवासी कामदारको भूमिकामाथि जोड दिइएको थियो।

मरिसन सरकारकै समयमा सरकारले आप्रवासनलाई अष्ट्रेलियाको आर्थिक तथा जनसांख्यिक आवश्यकतासँग जोड्ने नीति अघि सारेको थियो। सन् २०१९ को सरकारी योजनाले क्षेत्रीय क्षेत्रमा आवश्यक जनशक्ति र सीप भित्र्याउँदै जनसंख्या वृद्धिलाई व्यवस्थित गर्ने लक्ष्य राखेको थियो।

हाल अष्ट्रेलियामा आप्रवासनको स्तर, आवासको दबाब र श्रम बजारको आवश्यकतालाई लिएर राजनीतिक बहस तीव्र बनेको छ। एकातर्फ आप्रवासन घटाउनुपर्ने आवाज उठिरहेको छ भने अर्कोतर्फ व्यवसाय तथा उद्योग क्षेत्रले सीप अभाव समाधानका लागि दक्ष आप्रवासी आवश्यक रहेको बताउँदै आएका छन्।

यही सन्दर्भमा पूर्वप्रधानमन्त्री मरिसनको पछिल्लो भनाइलाई अष्ट्रेलियाको आप्रवासन नीतिलाई आर्थिक आवश्यकतासँग जोडेर अघि बढाउनुपर्ने धारणा रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP