सोमबार , अषोज २६, २०८३

काठमाडौं । लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’ सिजन ५ को उपाधि सुवासना खड्का केसीले जितेकी छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा टिम वाङ्देन शेर्पाबाट प्रतिस्पर्धा गरेकी सुवासनाले अन्य सात प्रतियोगीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्।

उपाधिसँगै सुवासनाले १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छन्। ग्रान्ड फिनालेमा हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसाल तथा प्रायोजकका प्रतिनिधिहरूले उनलाई पुरस्कार प्रदान गरेका थिए।

जितपछि सुवासनाले सुरुदेखि नै आफ्नो टिमलाई जिताउनुपर्छ भन्ने लक्ष्यका साथ अघि बढेको बताइन्। उनको जितसँगै पहिलोपटक कोच बनेका वाङ्देन शेर्पाले पनि आफ्नो टिमलाई उपाधि दिलाउन सफल भएका छन्।

उपाधि घोषणा भएपछि वाङ्देनले जितलाई सपनाजस्तो महसुस भएको प्रतिक्रिया दिए। उनले यो जित सुवासनाको भएको बताउँदै उनलाई भोट गरेर साथ दिने सबै दर्शकप्रति धन्यवाद व्यक्त गरे।

फिनालेमा चारै जना कोचका दुई–दुई जना गरी आठ प्रतियोगीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए। टिम वाङ्देनबाट सुवासना खड्का र क्रिएसन रोका, टिम अर्जुन सापकोटाबाट आन्भी विष्ट र आर्मन कार्की, टिम मिलन नेवारबाट प्राञ्जल ढुंगेल र रुइसाङ पाख्रिन तथा टिम सत्यराज आचार्यबाट कविना राई र सम्राट खनाल फाइनलमा पुगेका थिए।

खोटाङकी ११ वर्षीया सुवासना फाइनलअघि नै आफ्नो गायन र मञ्चीय प्रस्तुतिका कारण चर्चामा थिइन्। उनले विभिन्न चरण पार गर्दै दर्शकको उल्लेख्य समर्थनसहित फाइनल यात्रा तय गरेकी थिइन्।

‘द भ्वाइस किड्स नेपाल’ सिजन ५ को यात्रा समाप्त भएसँगै अब चाँडै ‘द भ्वाइस अफ नेपाल’को सिजन ८ दर्शकमाझ आउने जानकारी कार्यक्रम प्रस्तोता सुशील नेपालले दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP