सोमबार , अषोज २६, २०८३

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका आइजीपी दानबहादुर कार्कीलाई बयान दिनुको सट्टा प्रवचन नदिन सुझाएका छन् ।

बुधबार सार्वजनिक लेखा समितिको बैठकमा कार्कीलाई सुनारले भ्रष्टाचार गरेको गम्भीर आरोप लगाउँदै तत्काल निलम्बनमा राखेर छानबिन गर्नुपर्ने कुरा राखेपछि त्यसको जवाफमा आइजीपी कार्कीले आफ्नो मर्यादाको ख्याल नगरी बिना प्रमाणका आधारमा लगाइएको आरोप प्रमाणित गर्न चुनौती दिएका थिए । सुनारले लेखा समितिको बैठक नै बहिस्कार गरेर हिँडेपछि त्यहाँ रहेका अन्य दलमात्रै होइन रास्वपा सांसद गोविन्द पन्थीलगायतले समेत आलोचना गरेका थिए ।

त्यसको जवाफमा सुनारले आज सामाजिक सञ्जालमा जवाफ लेख्दै गम्भीर आरोप लागेको व्यक्तिले बयान दिनुको सट्टा प्रवचन दिएको बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, १ हजार अर्ब भन्दा धेरै राज्यमा बेरुजु छ ! भ्रष्टाचार, घोटाला, अनियमितता, काण्ड त कति – कति ! राज्यको आर्थिक हिसाब-किताबको छलफल गर्ने सार्वजनिक लेखा समितिमा हामी छौं !
हामीले मुख मिठ्याउदा – जनताको मुख तितो हुन्छ !
हामीले तितो बोल्दा – भोका नाङ्गा पिँधका जनताको मुख मिठो हुने दिन आउँछ भने, धेरै तितो बोल्न बाँकी छ !
बिरालोको घाँटीमा घण्टी बाँध्ने जोखिम कसैले न कसैले लिनै पर्छ – त्यसको लागि जस्तो सुकै मूल्य चुकाउन किन नपरोस् !
हिजोको मुद्दा – बर्दी र फुली देखाएर धम्काउँदैमा सकिने विषय हैन !
म राष्ट्र सेवक – प्रहरी सिपाही र दुःखमा साथ दिने म्यादी प्रहरीको पक्षमा सदैव छु !
तर, गरिबका छोरा – छोरी, म्यादी, सिपाही, हवल्दार भएका छन् – ती गरिबका जुत्ता – मोजा – कट्टु – रासन खाएको अरबौंको गम्भीर र ठूलो मुद्दा परेको छ !
मुद्दा लागेको व्यक्तिले बयान दिने हो – प्रवचन दिने हैन !
जुत्ता लगाउने हो – खाने हैन !!
– सत्य सेवा सुरक्षणम् – जय नेपाल !!!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP