सोमबार , अषोज २६, २०८३

नेपाली जुन देशमा रहेपनि आफ्नो कला संस्कृतिलाइ कहिलै बिर्सन सक्दैन।  चाहे त्यो गीत संगीत, पहिरन होस् या खाना नै किन नहोस। आफ्नो अनुकुल स्वाद लिन नेपाली सधै अग्रसर रहन्छ।

अस्ट्रेलियाको डार्विन शहरमा नेपाली समुदायलाई मध्यनजर गर्दै लामो समय देखि नेपालीलाइ आवस्यक पर्ने हरेक सामान पाउने नाम हो मुस्ताङ्ग ग्रोसरी। २०१९ दशैँको अवसर पारेर खुलेको मुस्ताङ्ग ग्रोसरी नेपाली मात्र नभएर भारतीय र अन्य एसियन मुलुकका समुदाय बीच पनि निकै लोकप्रिय छ। बिदेशमा पनि नेपाली समुदायलाइ आफ्नै देशको स्वाद र सामान उपलब्ध गराउले सोचका साथ यो पसल संचालनमा ल्याएको भन्नुहुन्छ मुस्ताङ्ग ग्रोसरीका संचालक राजन बस्नेत। जुन चाडैनै क्याथरिन शहरमा पनि संचालन हुदैछ।

डार्विनबासि माझ निकै लोकप्रिय बनेको ब्रान्ड मुस्ताङ्गको नाम बाट एउटा नेपाली स्वाद पस्कने होटल खोल्ने अभिप्रायले केहि साथी मिलि मुस्ताङ्ग किचन को स्थापना भयो। जुन टिममा लामो समय देखि होटेल ब्यवसाय गर्दै आउनु भएका दीपाक शर्मा संगै सुरिंदर , प्रदिप कुमार र राजन बस्नेत हुनुहुन्छ। वहा चार जानको अथक मेहेनत को उपज हो मुस्ताङ्ग किचन।

२०२१ मे को दोस्रो दिन उद्घाटन गरिएको यो रेस्टुरेन्ट डार्विन शहरको 12/24 Cavenagh street Darwin Nt 0800 मा अवस्थित छ।  सानो बच्चा बाट रिवन काटी उत्घाटन गरिएको मुस्ताङ्ग किचनमा नेपाली र भारतीय समुदायको उल्लेखनीय उपस्थिति थियो। उपस्थित सबैले बनेको खानको तारिफ नगरी बस्नै सकेनन।  हरेकको मुखमा खसीको मासुको तरकारीले नेपाली स्वादलाई झल्झली सम्झाएको कुरा आइरहेको थियो।

उक्त उद्घाटनमा उपस्थित नितेश राज पन्त भन्नु हुन्छ: नेपाली स्वादलाइ प्राथमिकता दिने यो मुस्ताङ्ग किचनको सफलताको कामना संगै निकै मिठो खाना छ यो टेस्टमा कहिले पनि कमि नआओस। डार्विनमा नेपालीले आफ्नो ब्यवसाय लाइ क्रमिक रुपमा बढाउदै गएकोमा आफुलाई निकै खुशी लाग्ने गरेको र खाना मिठो भएर यति धेरै खाए कि आर्को दिन म पुरै फास्टिंग गरे।  धेरै धेरै शुभकामना राजन जी र वहाको सम्पूर्ण  टिमलाइ।    

मुस्ताङ्ग किचनको परिकारको जानकारी दिदै दिपक शर्मा भन्नु हुन्छ, हाम्रो मेनुमा जेरि,पुरी खिर संगै नेपाली खानालाई विशेष प्राथमिकताको साथमा राखेका छौ।  हरेक फोर्थनाइट शनिबार र आइतबार बफे डिनर संगै नेपाली र इन्डियन सांगीतिक लाइभ प्रोग्राम हुनेछ।  त्यसैले  कोहि पनि  नेपाली  स्वाद मन पर्ने  हुनुहुन्छ भने एक पटक सेवा गर्ने मौका दिनुहोस। 

सबिन सिटौलाको लाइभ म्युजिकले सबैलाई आनन्द महसुश गराएको थियो। १५० भन्दा धेरैको उपस्थिति रहेको उद्घाटन कार्यक्रममा सबैको मन जित्न सफल भएको र सकारात्मकप्रतिक्रिया पाएको जानकारी दिनु भयो संचालक प्रदिप कुमारले।

पुराखबर अनलाइन परिवार पनि मुस्ताङ्ग किचनको सफलताको कामना गर्दछ। 

Pic By: Plus977 Production

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP