डार्विन । डार्विनमा ५०० भन्दा बढी साइकलयात्रीको सहभागितामा १५औँ Sunbuild Top End Gran Fondo 2026 भव्य रूपमा सम्पन्न भएको छ। आइतबार, ९ अगस्ट २०२६ मा आयोजित प्रतियोगितामा विभिन्न उमेर र क्षमताका साइकलयात्रीहरूले डार्विनको सडकमा प्रतिस्पर्धा गरेका थिए।
Darwin Cycling Club को आयोजनामा भएको कार्यक्रममा १३५ किलोमिटरको मुख्य Gran Fondo, ९० किलोमिटर Fondo, Half Fondo, १५ किलोमिटर Short Fondo तथा ५ किलोमिटर Family Ride गरी विभिन्न विधा समावेश गरिएको थियो।
१३५ किलोमिटरको मुख्य Gran Fondo मा Darwin Cycling Club का Matt King ले ३ घण्टा १९ मिनेट २२ सेकेन्डमा दूरी पूरा गर्दै समग्र तथा पुरुषतर्फको उपाधि जिते। सोही क्लबकी Kate Bourchier ले ३ घण्टा २२ मिनेट ३६ सेकेन्डमा दौड पूरा गर्दै महिलातर्फ पहिलो स्थान हासिल गरिन्। उनी समग्रमा २३औँ स्थानमा रहिन्।
९० किलोमिटर Fondo मा Steven Cotten ले २ घण्टा २४ मिनेट १३ सेकेन्डमा दूरी पूरा गर्दै समग्र तथा पुरुषतर्फ पहिलो स्थान हासिल गरे। महिलातर्फ Emily Roberts २ घण्टा २५ मिनेट २९ सेकेन्डमा पहिलो भइन् र समग्रमा १८औँ स्थानमा रहिन्।
त्यस्तै, Half Fondo मा Tom Blake ले १ घण्टा १२ मिनेट २४ सेकेन्डमा समग्र तथा पुरुषतर्फ पहिलो स्थान हासिल गरे। Darwin Cycling Club की Angela Librio ले १ घण्टा १३ मिनेट १८ सेकेन्डमा महिलातर्फ पहिलो स्थान हासिल गर्दै समग्रमा छैटौँ स्थानमा रहिन्।
कार्यक्रममा नर्दर्न टेरिटोरीकी मुख्यमन्त्री Lia Finocchiaro सहित विभिन्न सांसद तथा राजनीतिक प्रतिनिधिहरूले समेत साइकल चलाएर सहभागिता जनाएका थिए।
यस वर्ष पनि ‘Pollie Pedal’ अभियानमार्फत सहभागी सांसदहरूले आफ्नो सहभागिताको आधारमा रोजेको परोपकारी संस्थालाई Darwin Family Law बाट ५०० डलर सहयोग उपलब्ध गराइएको थियो। पाँचौँ पटक Gran Fondo मा सहभागी एक राजनीतिक प्रतिनिधिले यस वर्ष १ घण्टा ३३ मिनेटको आफ्नो उत्कृष्ट समय निकाल्दै Autism Northern Territory (NT) Inc लाई ५०० डलर सहयोग प्राप्त हुने जानकारी दिएका छन्।
कार्यक्रममा Robyn Cahill, Matthew Kerle, Joshua Burgoyne, Khoda Patel लगायतका सांसदहरू सहभागी भएका थिए भने Oly Carlson र Laurie Zio लगायतले पनि कार्यक्रममा साथ दिएका थिए।
Darwin Cycling Club का अध्यक्ष Julian Barry ले कार्यक्रमप्रति खुशी व्यक्त गर्दै Gran Fondo केवल प्रतिस्पर्धात्मक साइकल दौड नभई समुदायलाई जोड्ने महत्वपूर्ण माध्यम बनेको बताए।
उनले लामो समयदेखि साइकल चलाउनेहरूका लागि यस्ता कार्यक्रमले साथीभाइसँग नियमित रूपमा भेटघाट गर्ने, स्वस्थ जीवनशैली अपनाउने र समुदायमा सकारात्मक सम्बन्ध निर्माण गर्ने अवसर प्रदान गर्ने बताए।
“यस्ता कार्यक्रमले मानिसको जीवन नै परिवर्तन गर्न सक्छन् र उनीहरूलाई स्वस्थ, खुसी तथा सकारात्मक जीवनतर्फ अघि बढ्न सहयोग गर्छन्,” Barry ले भने।
यस वर्ष लगातार तेस्रो पटक प्रतियोगिता बन्द सडकमा सञ्चालन गरिएको थियो। आयोजकका अनुसार सुरक्षित वातावरण, राम्रो मौसम, सामुदायिक सहभागिता र डार्विनका आकर्षक दृश्यका कारण कार्यक्रम विशेष रूपमा सफल भएको हो।
कार्यक्रमले उमेर, क्षमता र पृष्ठभूमिको भिन्नता नभई सबैलाई एउटै स्थानमा जोडेको आयोजकले जनाएको छ। बालबालिकादेखि अनुभवी साइकलयात्रीसम्मको सहभागिताले Gran Fondo लाई डार्विनको प्रमुख सामुदायिक तथा खेलकुद कार्यक्रमका रूपमा स्थापित गरेको छ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै साइकलयात्री, आयोजक, स्वयंसेवक, प्रायोजक तथा समर्थकलाई Darwin Cycling Club ले धन्यवाद दिएको छ।
Pic From Lia’s Facebook











