मंगलबार , बैसाख ९, २०८२

लुम्बिनी प्रदेशमा नेकपा एमालेको सांसद पदबाट राजीनामा दिएका दृगनारायण पाण्डेय नेपाली कांग्रेस प्रवेश गरेका छन्।

मुख्यमन्त्रीमा शंकर पोखरेल पुन: नियुक्त भएपछि असन्तुष्टि जनाउँदै आइतबार पाण्डेयले राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भइसकेको छ।

उनी सोमबार कांग्रेस प्रवेश गरेका हुन्।

पाण्डेयलाई अब राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउन लागिएको छ। जेठ ६ मा हुने उपनिर्वाचनमा उनलाई विपक्षी गठबन्धनबाट उम्मेदवार बनाउने सहमति भएको छ।

यसबारे आज पत्रकार सम्मेलन गरी उनीहरूले जानकारी गराएका हुन्।

यहाँ माओवादीबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्काको ठाउँमा उपनिर्वाचन हुँदैछ। खड्का माओवादी छाडेर एमाले प्रवेश गरेपछि माओवादीले कारवाही गरेपछि पद रिक्त थियो।

पाण्डेय पहिले कांग्रेस थिए। उनी गत चुनावमा एमालेबाट कपिलवस्तु क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्य निर्वाचित भएका थिए।

कांग्रेसका प्रमुख सचेतक फकरूद्दिन खानले राष्ट्रिय सभा उपनिर्वाचनमा पाण्डेयलाई साझा उम्मेदवार बनाउने सहमति भइसकेको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अस्ट्रेलियाका गीतकार विनोद अधिकारीका सिर्जना छिटै बजारमा आउंदै

१९औ पोखरा अन्तराष्ट्रीय म्याराथन मा सहभागी अष्ट्र्लियाका दशमी गुरुगं ५ किमि भेट्रान्स मा देश्रो ।

फेरि बिग्रियो प्रचण्ड–जनार्दन सम्बन्ध, बैंककमा ओलीसँग डिनर, सिंहदरबारमा विष्णु पौडेलसँग फोटो!

लेखकले कुलमानलाई नहटाऔँ भन्दा खड्का र राणा कड्किए- अहिले नहटाए कहिले?

अस्ट्रेलियाको डार्विनमा बहु सास्कृतिक होलि पर्व मनाइदै

ओली सरकार ढाल्न चलखेल सुरु, कांग्रेससँग गृहकार्य भइरहेको माओवादी नेता दाहालको खुलासा


TOP