सोमबार , अषोज २६, २०८३

नेपाली कांग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले आजको प्रथम अपरिहार्य आवस्यकता पार्टीको सम्पूर्ण एकता भएको बताएका छन्। आज सामाजिक सञ्जालमामार्फत उनले पार्टीमा सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको समभाव सिर्जना गरी संवाद–सहमतिबाट सुदृढ एकता पूर्वसर्त हुनुपर्ने बताए।

‘पार्टीको आधिकारिकताको विवादका विषयमा सर्वोच्च अदालतले निस्सा दिएपछिको ३ दिनका सामाजिक सञ्जालमा पार्टीकै साथीहरूबाट लेखिएका विचार, टीका टिप्पणी हेर्दा साहृै चिन्तित बनाएको छ,’ आइतबार साँझ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘इतिहासमै देशको राष्ट्रियता अत्यन्त प्रतिकुल र संकटापन्न अवस्थामा पुगेको, लोकतान्त्रिक संविधान धरापमा पार्ने षडयन्त्र भैरहेको अवस्था अनि कांग्रेस पार्टी ईतिहासमै सबैभन्दा बढि कमजोर र प्रतिकुल अवस्थामा रहेको बेला आजको प्रथम अपरिहार्य आवश्यकता भनेको नेपाली कांग्रेसको सम्पूर्ण एकता हो। यसका लागि हामी बिचमा सहिष्णुता, संवेदनशिलता र सहअस्तित्वको समभाव सिर्जना गरि संवाद–सहमति अनि यसबाट सुदृढ एकता पूर्वसर्त हो।’

वर्तमान भीमकाय चुनौतिहरूको सामना गर्नका लागि पार्टीका जिम्मेवार प्रत्येक व्यक्तिले आफ्ना व्यक्तिगत अस्वाभाविक महत्वाकाङ्क्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुन्ठाबाट मुक्त हुनुपर्ने उनको भनाइ छ।

सामूहिक भावनाबाट पार्टीको सम्पूर्ण एकताका लागि तत्काल निर्णायक अग्रसरताका लागि अघि बढ्न खड्काको आग्रह छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP