सोमबार , अषोज २६, २०८३

डार्विन, अष्ट्रेलिया – नेपाली मूलका बिबेक लुइटेल अष्ट्रेलियाको नर्दन टेरिटोरीको सर्वोच्च अदालत (Supreme Court of the Northern Territory) मा आधिकारिक रूपमा वकिल (Lawyer) का रूपमा प्रवेश (Admission) गर्न सफल भएका छन्। उहाँले २१ जुलाई २०२६ मा सर्वोच्च अदालतबाट वकिलका रूपमा शपथ ग्रहण गर्दै कानुनी अभ्यास गर्ने अधिकार प्राप्त गर्नुभएको हो l

नेपालको इटहरीस्थित कस्तुरी कलेजबाट कक्षा ११, १२ तथा ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (BBA) अध्ययन पूरा गरेपछि सन् २००७ मा अष्ट्रेलिया पुग्नुभएका लुइटेलले त्यसयता अन्तर्राष्ट्रिय शिक्षा, लेखा तथा अध्यागमनसम्बन्धी क्षेत्रमा अध्ययन र अनुभव हासिल गर्नुभएको छ।

उहाँले मास्टर अफ प्रोफेसनल एकाउन्टिङ, ग्र्याजुएट सर्टिफिकेट इन अष्ट्रेलियन माइग्रेसन ल एण्ड प्राक्टिस, प्रोफेसनल इयर प्रोग्राम, साथै द ट्याक्स इन्स्टिच्युट अन्तर्गत CTA अध्ययन पनि पूरा गर्नुभएको छ।

कानुनी क्षेत्रमा आफ्नो यात्रा अघि बढाउँदै उहाँले सन् २०२० मा चार्ल्स डार्विन विश्वविद्यालय (CDU) मा ब्याचलर अफ लज (LLB) अध्ययन सुरु गर्नुभएको थियो। सन् २०२५ मा अध्ययन पूरा गरेपछि द कलेज अफ ल (The College of Law) मार्फत Practical Legal Training सम्पन्न गरी सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश गर्न सफल हुनुभएको हो।

व्यावसायिक जीवनसँगै लुइटेल नर्दन टेरिटोरीको नेपाली समुदायमा पनि लामो समयदेखि सक्रिय रहँदै आउनुभएको छ। उहाँ नेपाली गायक तथा गीतकारका रूपमा पनि परिचित हुनुहुन्छ र आफ्ना मौलिक गीतहरू सार्वजनिक गरिसक्नुभएको छ।

लुइटेलले आगामी दिनमा मुख्यतः माइग्रेसन कानुन (Migration Law) क्षेत्रमा सेवा प्रदान गर्ने लक्ष्य राख्नुभएको बताउनुभएको छ। साथै, सर्वोच्च अदालतमा प्रवेश प्रक्रियामा सहयोग गर्ने नर्दन टेरिटोरीका पहिलो नेपाली वकिल अन्जान पौडेल तथा आफ्नो परिवार, विशेष गरी श्रीमती र दुई छोरीप्रति उहाँले आभार व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP