सोमबार , अषोज २६, २०८३

अस्ट्रेलियाको संघीय सरकारले अस्ट्रेलियामै कार्यरत दक्ष आप्रवासी कामदारलाई स्थायी बसोबास (पीआर) प्रक्रियामा थप प्राथमिकता दिने निर्णय गरेको छ।

सरकारले कुल आप्रवासी संख्या घटाउने नीतिअनुसार हालै जारी गरिएको मन्त्रीस्तरीय निर्देशन ११९ (Ministerial Direction 119) मार्फत विदेशमा रहेका आवेदकभन्दा अस्ट्रेलियाभित्र रहेका दक्ष कामदारको भिसा आवेदनलाई प्राथमिकताका साथ प्रशोधन गर्ने व्यवस्था गरेको हो।

गृहमन्त्री Tony Burke ले जारी गरेको नयाँ निर्देशनले श्रम अभाव भएका क्षेत्रलाई केन्द्रमा राख्दै दक्ष भिसा आवेदनको प्रशोधन प्राथमिकता निर्धारण गरेको छ।

नयाँ व्यवस्थाअनुसार प्राथमिकताको क्रम यस प्रकार छः

  • रक्षा (Defence) क्षेत्र
  • स्वास्थ्य (Health)
  • निर्माण (Construction)
  • शिक्षा (Education)

यी क्षेत्रसँग सम्बन्धित पेशाहरूलाई उद्योग प्राथमिकता सूचीमा शीर्ष स्थानमा राखिएको छ। सरकारले यसबाट श्रम अभाव भएका क्षेत्रमा दक्ष जनशक्तिको आपूर्ति छिटो हुने र अस्ट्रेलियामा पहिलेदेखि योगदान दिइरहेका दक्ष कामदारलाई स्थायी बसोबासतर्फ अघि बढ्न सहज हुने अपेक्षा गरेको छ।

यो परिवर्तन विशेषगरी अस्ट्रेलियामै बसेर काम गरिरहेका दक्ष आप्रवासीका लागि सकारात्मक मानिएको छ, किनकि उनीहरूको पीआर आवेदन अब विदेशबाट आउने समान प्रकृतिका आवेदनभन्दा प्राथमिकताका साथ प्रशोधन गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP