शुक्रबार , भाद्र १२, २०८३

डार्विन, अस्ट्रेलिया। अस्ट्रेलियाको उत्तरी क्षेत्र (NT) मा जारी NRNA-NT T20 Tournament 2026 आज सेमिफाइनल र फाइनल खेलसँगै सम्पन्न हुँदैछ। तीन दिनदेखि सञ्चालन भइरहेको प्रतियोगिताले नेपाली समुदायमा क्रिकेटप्रति उत्साह थपेको छ।

आज Cazalys Arena मा हुने पहिलो सेमिफाइनलमा KBA Cricket ClubKTM Rebels बिहान ९:०० बजे आमनेसामने हुनेछन्। त्यसपछि दिउँसो १:०० बजे हुने दोस्रो सेमिफाइनलमा Nawalpur RaidersKatherine Rhinos बीच प्रतिस्पर्धा हुनेछ।

दुवै सेमिफाइनलका विजेता टोलीहरू साँझ ५:०० बजे हुने भव्य फाइनलमा उपाधिका लागि भिड्नेछन्।

प्रतियोगिता NRNA Northern Territory को प्रस्तुतिमा तथा Nepalese Cricket Association of Northern Territory (NCANT) को व्यवस्थापनमा आयोजना गरिएको हो। प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो भने लिग चरणका प्रतिस्पर्धापछि उत्कृष्ट चार टोली सेमिफाइनलमा पुगेका हुन्।

आयोजकले नेपाली समुदायसहित सम्पूर्ण क्रिकेट प्रेमीलाई परिवार तथा साथीभाइसँग मैदानमा उपस्थित भई खेलाडीहरूको उत्साहवर्धन गर्न आग्रह गरेको छ। प्रतियोगिताको अन्तिम दिन रोमाञ्चक प्रतिस्पर्धासँगै उपाधि विजेताको टुंगो लाग्ने भएकाले दर्शकको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली मूलका बिबेक लुइटेल नर्दन टेरिटोरीको सर्वोच्च अदालतमा वकिलका रूपमा प्रवेश

डार्विनमा ‘नुमियो अकाउन्टेन्ट्स’को औपचारिक सुरुवात, नेपाली–अष्ट्रेलियन व्यवसायीलाई लक्षित सेवा

बेलायतमा नेपाली चेली सरिना घलेलाई स्वर्ण पदक

NRNA-NT T-20 क्रिकेट प्रतियोगिता २०२६ : आठ टोली सहभागी, लिग खेल तालिका सार्वजनिक

नान्टको नयाँ कार्यसमितिलाई शपथ, अध्यक्ष भने संवैधानिक प्रक्रियाबाट चयन गरिने

KBA ग्लोबल क्रिकेट क्लब बन्यो NRNA-NT T20 Cup 2026 को च्याम्पियन


TOP