सोमबार , अषोज २६, २०८३

जनकपुरधाम । जनकपुरमा सरकारी पक्ष र आन्दोलनरत हिन्दुवादी मोर्चाबीच शनिबार भएको दुई चरणको वार्तापछि १३ बुँदे सहमति भएको छ।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले वार्तापछि दुवै पक्षबीच सहमति भएको जानकारी दिए। उनका अनुसार आन्दोलनरत मोर्चाले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका १३ बुँदे मागपत्र सरकारसमक्ष पेश गरेको थियो।

वार्ताका क्रममा सरकारले मोर्चाले पेश गरेका मागहरू सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अनुसार अघि बढाउने प्रतिबद्धता जनाएको छ। त्यसपछि दुवै पक्षबीच सहमति भएको सहायक प्रमुख जिल्ला अधिकारी झाले बताए।

सहमतिसँगै आन्दोलनरत हिन्दुवादी मोर्चाले बन्द, हडतालसहितका आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गर्ने घोषणा गरेको छ।

मोर्चाले जारी गरेको विज्ञप्तिअनुसार आइतबारदेखि पूर्वघोषित बन्द तथा आन्दोलनका सबै कार्यक्रम पूर्ण रूपमा फिर्ता लिइएको छ। सहमतिपछि जनकपुरसहित मधेशका विभिन्न जिल्लामा जनजीवन सामान्य हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP