सोमबार , अषोज २६, २०८३

साउथ अस्ट्रेलियाका प्रिमियर पिटर मालिनाउसकास (Peter Malinauskas) ले अस्ट्रेलियालाई अझ धेरै दक्ष आप्रवासी कामदार आवश्यक रहेको बताएका छन्।

स्काई न्यूजसँगको अन्तर्वार्तामा उनले देशमा बढ्दो पूर्वाधार विकास र स्वास्थ्य सेवाको माग पूरा गर्न दक्ष जनशक्तिको आवश्यकता रहेको उल्लेख गरे।

‘हामीले धेरैभन्दा धेरै घर र अपार्टमेन्ट निर्माण गर्नुपर्छ। स्वास्थ्यसम्बन्धी पूर्वाधार विस्तार गर्नुपर्छ र ती प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालनमा राख्नुपर्छ,’ उनले भने, ‘त्यसैले हामीलाई धेरैभन्दा धेरै दक्ष आप्रवासी कामदार चाहिन्छ।’

उनका अनुसार आवास निर्माण, स्वास्थ्य सेवा र अन्य अत्यावश्यक क्षेत्रमा देखिएको जनशक्ति अभाव पूरा गर्न दक्ष आप्रवासीले महत्वपूर्ण भूमिका खेल्नेछन्।

प्रिमियर मालिनाउसकासको यो अभिव्यक्तिलाई अस्ट्रेलियामा दक्ष आप्रवासनको आवश्यकता अझै कायम रहेको संकेतका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

डार्विनको ‘जुनून’लाई तीन प्रतिष्ठित अवार्ड, ‘रेस्टुरेन्ट अफ द इयर’ सहित ठूलो सफलता

१

Darwin Sri Sithy Vinayakar Temple to Host Inaugural Annual Festival

२

अस्ट्रेलियाको नर्दर्न टेरिटोरी संसद् भवनमा अक्टोबर १६ मा नेपालीका लागि दशैं रिसेप्सन

३

नेपालमा बाढीपहिरोमा ज्यान गुमाउनेप्रति एनटीकी मुख्यमन्त्री फिनोच्चियारोको शोक

४

डार्विन CBD मा प्रहरीमाथि चक्कु प्रहार, १४ वर्षीया किशोरी पक्राउ

५

Darwin’s Unique Auto Tech Community Raises NPR 459,500 for Nepal Flood Relief

६


TOP